राष्ट्रपतिद्वारा ३ प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त

२३ कात्तिक २०७८, मंगलबार
Share this
708shares

२३ कात्तिक, काठमाडौं।

Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारीले तीनवटा प्रदेशका प्रदेश प्रमुख नियुक्त गरेकी छन्। मंगलबार राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसबमोजिम प्रदेश १, कर्णाली र  सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई निलम्बन गरी नयाँ नियुक्त गरेकी हुन्।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गरेकी छन्।

Advertisement

सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीच भागबण्डा मिलाएर ३ प्रदेशका प्रमुख फेरिएको हो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top