राष्ट्रपतिद्वारा ३ प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त

२३ कात्तिक, काठमाडौं।

Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारीले तीनवटा प्रदेशका प्रदेश प्रमुख नियुक्त गरेकी छन्। मंगलबार राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसबमोजिम प्रदेश १, कर्णाली र  सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई निलम्बन गरी नयाँ नियुक्त गरेकी हुन्।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गरेकी छन्।

Advertisement

सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीच भागबण्डा मिलाएर ३ प्रदेशका प्रमुख फेरिएको हो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top