×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

उपमेयर कप फुटबलमा ललितपुर र धनगढी सेमिफाइनलमा प्रवेश

२३ कार्तिक २०७८

२३ कात्तिक, काठमाडाैँ ।

ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिका राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिता अन्तर्गत आज भएका खेलबाट विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

Advertisement
Advertisement

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न भएको खेलमा ललितपुरले मोफोसलको टोली शिवताक्षी नगरपालिकालाई ४–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । सुरुआतबाट नै हावी भएको ललितपुरले पहिलो हाफमा गरेका चार गोल नै जितका लागि पर्याप्त भएका थिए ।

ललितपरले अन्तिम चारमा स्थान बनाउने क्रममा कप्तान निर्मला बिकले ह्याट्रिक गरिन् । निर्मलाले छैटौं मिनेटमा गोल गर्दै अग्रता निकाल्दा २२औं मिनेटमा दोस्रो र ३५औं मिनेटमा व्यक्तिगत तेस्रो गोल थप्दै ह्याट्रिक पूरा गरेकी थिइन् । यस्तै मनिसा शेनले ४३आंै मिनेटमा चौंथो गोल गर्दै टोलीलाई पहिलो हाफमा ४–० को अग्रता दिलाउन सफल भइन् । त्यसपछि दोस्रो हाफतिर लम्किएको खेलमा दुबै टोलीबाट थप गोल हुन सकेन र ललितपुरले अन्तिम चारमा स्थान पक्का ग¥यो ।

छनोट खेल अन्र्गत आजै सम्पन्न दिनको दोस्रो खेलमा धनगढी उपमहानगरपालिकाले बाँसगढी नगरपालिकामाथि गोलको वर्षा गर्दै अन्तिम चारमा स्थान बनायो । धनगढीले बाँसगढीमाथि १२–१ को फराकिलो जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । फराकिलो जित निकाल्ने क्रममा धनगढीले पहिलो हाफमा ७ तथा दोस्रो हाफमा ५ गोल थपेको थियो ।

विजयी शिवसताक्षीले फाइनल प्रवेशका लागि गोदावरी नगरपालिका कैलाली र कनकाई नगरपालिका झापाको विजेतासँग प्रतिस्पर्धा गर्ने छ । यी दुई टोलीको भिडन्त भोलि हुँदै छ । दिनको पहिलो खेल गौरीगंगा नगरपालिका कैलाली र इलामको रोङ गाउँपालिका तथा गोदावरी नगरपालिका कैलाली र कनकाई नगरपालिका झापाबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top