प्रधानन्यायाधीश राणा पैसामा लिप्त भए: शम्भु थापा

२३ कात्तिक ७८, बुधबार

२३ कात्तिक, काठमाडौं।

Advertisement

वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा ‘पैसामा लिप्त’ भएको आरोप लगाएका छन्। मंगलबार संवैधानिक कानुन व्यवसायी मञ्चले आयोजना गरेको ‘न्यायपालिकाको वर्तमान संकट र निकास’ विषय कार्यक्रमलाई सम्वोधन गर्दै उनले राणा पैसामा लिप्त भएका कारण अदालतको यो (दयनीय) अवस्था भएको बताएका हुन् ।

उनले भने, ‘अहिलेको प्रधानन्यायाधीश पैसामा लिप्त हुनुभयो। आर्थिक विचलनमा लिप्त हुनुभयो । हरिकृष्ण कार्कीको प्रतिवेदन पल्टाएर हेर्नुस्। कि त्यसका सत प्रतिशत कुरा गलत छ भन्नुस्, होइन भने बोल्नुस् ।’

Advertisement

उनले प्रधानन्यायाधीशको भ्रष्टाचारविरुद्ध खुलेर बोल्न कानुन व्यवसायीलाई आह्वान गरे। न्यायालय अहिले टुकुचाभन्दा बढी बिग्रिएको अवस्थामा पुगेको थापाले टिप्पणी गरे । ‘बारका अध्यक्षले नै भन्नुभयो प्रधानन्यायधीश बिचौलियाको नाइके भनेर। त्यहाँ त करोड घटीको कुरै हुँदैन। अर्ब–अर्बको कुरा छ।’ तराईंका जिल्लामा पारिपट्टी गएर घुस लिने गरेको भन्दै थापाले यस्तो न्यायाधीशलाई नै प्रधानन्यायाधीशले संरक्षण र बढुवा गर्ने गरेको उनले आरोप लगाए।

राजनीतिज्ञलाई विग्रेको अदालत चाहिएको भन्दै थापाले आफ्नो कुरा लाद्न सप्रेको अदालत नचाहिने उनले टिप्पणी गरे।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top