बाजुरामा दुई करोड बढीकाे अन्नबालीमा क्षति

२३ कात्तिक ७८, बुधबार

२४ कात्तिक, बाजुरा ।

गत असोज ३१ देखि यही कात्तिक २ गतेसम्म परेको अविरल वर्षाका कारण जिल्लामा दुई करोडभन्दा बढीको क्षति भएको छ । जिल्लाका दुई हजार २०९ कृषकका ३९२ हेक्टर क्षेत्रफलमा लगाइएको ९४० मेट्रिक टन धान र कोदो बालीको नोक्सानी भएको छ ।

कृषि ज्ञान केन्द्रको तथ्याङकअनुसार रू दुई करोड ७१ लाख २५ हजार ५५० बरावरको बालीमा क्षति भएको हो । केन्द्रका सूचना अधिकारी मीनप्रसाद जोशीले जिल्लामा धान २५६ हेक्टरमा ७१५ मेट्रिक टन क्षति भएको जानकारी दिए । उनका अनुसार धानबालीको दुई करोड १४ लाख १८ हजार ८०० बराबरको क्षति भएको हो । त्यसैगरी कोदो १३६ हेक्टरमा लगाएको २२४ मेट्रिक टन क्षति भएको छ र यसको मूल्य रु ५७ लाख ६ हजार ७५० बराबरको भएको जनाइएको छ । अनुमानित तथ्याङ्क सङ्कलन गरी कृषकलाई उचित राहत तथा क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा पठाइएको सूचना अधिकारी जोशीले बताए । सधैँजसो खाद्य संकट भोग्नुपर्ने जिल्लाले यस वर्ष थप चुनौती व्यहोर्नुपर्ने जनाइएको छ ।

खाद्य डिपोमा चामल सकियो

जिल्लाका मार्तडीमा रहेका खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडका डिपोमा चामल अभाव भएको छ । जिल्ला भरको खाद्यान्न सङ्कट समाधानका लागि स्थापना भएको सो डिपोमा चामलको अभाव भएपछि चामल लिन पुगेका सेवा ग्राही रित्तो हात फर्किने गरेका छन् ।

खाद्य डिपोमा चामल यही कात्तिक १७ गतेसम्म वितरण भएको र यसपछि वितरण गर्न नसकेको लिमिटेड बाजुराका प्रमुख मेघराज ओझाले बताए । डिपोमा चामल सकिएको जनाउँदै आकस्मिकबाहेक बिक्रीमा रोक लगाएको डिपो प्रमुख ओझाको भनाइ छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top