छठका लागि सजिए नदी तलाउ

२४ कात्तिक ७८, बुधबार
Share this
732shares

पर्सा: कोरोना कहरका कारण गत वर्ष खुलेर छठ पर्व मनाउन नपाएका भोजपुरावासी यो वर्ष भने पर्व मनाउन निकै सक्रिय भएका छन् ।

Advertisement

छठ पर्वको मुख्य दिन आउने पर्खाइमा पूर्वतयारी गरिरहेका यहाँका व्रतालु तथा भक्तजन सँझिया घाटको सूर्यलाई अर्घ दिन स्थानीय नदी, तलाउ र पोखरीमा पुग्छन् । चार दिनसम्म मनाइने छठको मुख्य दिन बुधबार सँझिया घाटमा पुगी सूर्यलाई अर्घ दिन व्रतालु तथा भक्तजन सक्रिय भएपछि अघिल्लो वर्षभन्दा भोजपुरा क्षेत्रका नदी तलाउ तथा पोखरी यो वर्ष निकै सजिइरहेका हुन् ।

पर्सा, बारा र रौतहटमा मुख्य भाषाका रूपमा भोजपुरी प्र्रयोग हुने भएकाले यो ठाउँलाई स्थानीय बोलचालको भाषामा भोजपुरा क्षेत्र भनिन्छ । कोरोनाको संक्रमण शून्यतिर झरेको भोजपुरा क्षेत्रमा यो वर्ष छठ पर्व मनाउन स्थानीय निकै उत्साहित भएका छन् ।

Advertisement

पूर्वयुवराज्ञी हिमानी शाह पनि छठ पर्वको मुख्य दिन वीरगन्ज आउने चर्चा छ । यसले पनि पर्सामा छठ पर्वको रौनक थप बढेको छ।, याे समाचार आजको राजधानी दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top