बस र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु, १६ घाइते

बस र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु, १६ घाइते

२४ कार्तिक, हेटौंडा ।

मकवानपुरको नवलपुरमा बस र ट्रक एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।

गएराति हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा बस र ट्रक एक आपसमा ठोक्किएका हुन्। पूर्व–पश्चिम राजमार्गको नवलपुरमा जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ८७६ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०३००१ ख ५०३५ नम्बरको ट्रक एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए। उनीहरुको सनाखत हुन सकेको छैन।

दुर्घटनामा घाइते भएका दुवै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य घाइते १६ जनाको हेटौंडाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको रिमालले बताए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.