तामिलनाडुमा भारी वर्षा, ५३८ वटा घरमा क्षति

२३ कात्तिक ७८, बुधबार

२४ कार्तिक, काठमाडौं ।

Advertisement

भारतको तामिलनाडु राज्यमा भारी वर्षासँगै आएको बाढीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने कैयौँ घरमा क्षति पुगेको समाचारहरुमा उल्लेख छ।

सरकारी अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार वर्षाका कारण तामिलनाडु राज्यका ५३८ वटा घरमा क्षति पुगेको छ।

Advertisement

प्रदेशको प्रकोप व्यवस्थापन मन्त्री केकेएसएसआर रामचन्द्रनले वर्षाका कारण भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

तामिलनाडु राज्यमा औसतमा पछिल्लो एक दिनमा १६.८४ मिलिमिटर वर्षा भएको मौसम विभागले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा सैनिकसहित उद्धारकर्ताहरुले उद्धारको कार्य गरिरहेको पनि मन्त्री रामचन्द्रनले बताए।

Advertisement

मौसम विभागले यही नोभेम्बर १० देखि १३ तारिखकोबीचमा पनि तामिलनाडुमा पुनः ठूलो वर्षा हुने चेतावनीसमेत दिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top