उपमेयर कपमा आज क्वाटर्रफाइनलका दुई खेल

उपमेयर कपमा आज क्वाटर्रफाइनलका दुई खेल

२४ कार्तिक, काठमाडौं ।

सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा आज (बुधबार) क्वार्टरफाइनलका दुई खेल हुनेछन् ।

पहिलो खेलमा कैलालीको गौरीगंगा नगरपालिका र इलामको रोङ गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।

दोस्रो खेलमा दिउँसो ३ बजे कैलालीको गोदावरी नगरपालिका र झापाको कन्काइ नगरपालिका भिड्नेछन् ।

प्रतियोगिताको विजेता र उपविजेता टोली पुसमा आयोजना हुने राष्ट्रिय महिला लिगका लागि छनोट हुनेछ ।

राष्ट्रिय लिगमा यसपटक ८ टोलीको सहभागीता रहनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.