सार्वजनिक बिदाको दिन पनि आरटीजीएस सुचारु रहने

सार्वजनिक बिदाको दिन पनि आरटीजीएस सुचारु रहने

२४ कार्तिक, काठमाडौं ।

आज (बुधबार) र आगामी शनिबार सार्वजनिक बिदाको दिन पनि पनि रियल टायम ग्रस सेटल्मेन्ट (आरटीजीएस) प्रणाली नियमित सञ्चालन हुने भएको छ।

नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै उक्त जानकारी दिएको हो। बुधबार विकास ऋणपत्र २०७८ ‘ङ’ र शनिबार विकास ऋणपत्र २०८५ ‘ख’ को ब्याज भुक्तानी प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई आरटीजीएस प्रणाली सञ्चालन राख्न राष्ट्र बैंकले निर्देशन दिएको हो।

राष्ट्र बैंकले दुवै दिन बिहान १० बजेदेखि १२ बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन राख्न भनेको छ। आरटीजीएस प्रणालीमार्फत चेक नकाटी सीधै एक बैंकको खाताबाट अर्को बैंकको खातामा भुक्तानी गर्न सकिन्छ।

यो प्रणाली अनुसार कारोबार भएको वास्तविक समय (रियल टाइम) मै बैंकहरुबाट तुरुन्तै भुक्तानी पाइनेछ भने चेकको क्लियरिङ गरिरहनु पर्दैन।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.