भक्तपुरमा प्रहरी इन्काउन्टरमा दुई अपहरणकारी मारिए

Share this
727shares

विराटनगर,साउन २१
भक्तपुरको डोलेश्वर जंगलमा प्रहरीले अपहरणकारीमाथि गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ । आइतबार साँझदेखि अपहरणमा परेका ११ वर्षीय बालकको खोजीमा जुटेको प्रहरी र अपहरणकारीबीच मुठभेड हुँदा भएको भिडन्तमा प्रहरीको गोली लागि अजय तामाङ र गोपाल तामाङको मृत्यु भएको हो ।

Advertisement

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले अपहरणकारीमाथि गोली चलाउँदा उनीहरुको मृत्यु भएको महानगरीय आयुक्तको कार्यालयका प्रमुख डिआईजी मनोज न्यौपानेले बताए ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार घटनास्थलबाट एउटा पेस्तोल, दुई राउण्ड गोली र बालकको परिवारलाई धम्क्याउन प्रयोग भएको मोबाइल बरामद भएको छ ।

Advertisement

यसैबीच, अपहरित ११ वर्षीय बालक निशान खड्काको भने अपहरणकारीले हत्या गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top