दोस्रो दिन पनि सेयर मूल्यमा गिरावट हुँदा टेस्लालाई ५० अर्ब डलर नोक्सान

२३ कात्तिक ७८, बुधबार

२४ कार्तिक, न्युयोर्क ।

विद्युतीय कार निर्माता कम्पनी टेस्ला इंकको सेयर मूल्यमा लगातार दोस्रो दिन गिरावट आएको छ ।

कम्पनीका मालिक एलन मस्कले गरेको एउटा मत सर्वेक्षणमा ट्विटर प्रयोगकर्ताले मस्कले १० प्रतिशत सेयर बिक्री गर्नुपर्ने बताएपछि कम्पनीको सेयरमा गिरावट आएको हो ।

मंगलबार ४ दशमलब ९ प्रतिशले गिरावट आएको टेस्लाको सेयर मूल्य बुधबार ९ दशमलब ५ प्रतिशतमा झरेको छ । सेयर मूल्यमा गिरावटसँगै टेस्ला इन्कलाई करिव ५० अर्ब डलर नोक्सान भएको छ । टेस्साले पछिल्लो १४ महिनाको अवधिमा यति ठूलो परिणाममा नोक्सान भएको हो ।

यो ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सको इतिहासमा दुई दिनमा भएको सबैभन्दा ठूलो गिरावट हो । यसअघि सन् २०१९ मा म्याकेनी स्कटसँग जेफ बेजोसको सम्बन्ध विच्छेदपछि ३६ अर्ब डलरको गिरावट आएको थियो ।

पछिल्लो समयमा टेस्लाबारे नकरात्मक समाचार विवरण सार्वजनिक हुन थालेका छन् ।

ट्विटरमा भएको एउटा मत सर्वेक्षणका मतदाताहरूले मस्कलाई १० प्रतिशत सेयर बिक्री गरेर कर तिर्न अनुरोध गरेका थिए । मस्कले करिव २१ अर्ब डलर बराबरको सेयर बेच्नुपर्ने हुन सक्छ ।

मस्कले सञ्चालन गरेको एउटा सर्वेक्षणमा ३५ लाख ट्विटर प्रयोगकर्ताले मतदान गरेका थिए । उनीहरुमध्ये ५८ प्रतिशत मतदाताले मस्कले सेयर बिक्री गर्नुपर्ने बताएका थिए । उनीहरुले मस्कलाई क्रिप्टोकरेन्सीजस्ता अन्य क्षेत्रमा लगानी बढाउन पनि मस्कलाई सुझाव दिएका थिए । –एजेन्सी

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top