×

NEPAL TIMES UPDATES

Playing
बालेनको बयान‘२३ गते सरकारले ‘आतंकवादी शैली’ अपनाउँदा २४ को घटना’|| Nepal Times
Mar 25, 2026
Playing
बालेनको सपथमा केके हुनेछ?स्वस्ति वाचनदेखि मंगलपाठ र शंखनादसम्म|| Nepal Times
Mar 25, 2026
Playing
ओली–देउवा–लेखकले बयानमा के भने ?क कसलाई कस्तो कारबाही ? || Nepal Times
Mar 25, 2026
Playing
आफ्नै श्रीमतीलाई जब श्रीमान्ले मा*रे*र कल्भर्टमुनि लुकाए|| Nepal Times
Mar 25, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-11-2082 || Nepal Times
Mar 25, 2026
Playing
Americaसंग Iran के चाहान्छ ? Trumpका शर्तहरुले यु द्ध रोकिने कि लम्बिने ? || Nepal Times
Mar 25, 2026
Playing
दोस्रो विश्वयु*द्धपछि सबैभन्दा हिं*सात्मक चरणमा विश्व || Nepal Times
Mar 25, 2026
Playing
इरानलाई १५ बुँदे प्रस्ताव, भान्स र रुबियो वार्तामा खटिए, २ देशमा संकटकाल|| Nepal Times
Mar 25, 2026
Playing
खाडीको रोजगारी धरापमा, सबै आशा अब बालेनसँग || Nepal Times
Mar 25, 2026
Playing
प्रधानमन्त्री बन्दै बालेनका लागि बलिया बनेका दुई चुनौती#balen #nepal || Nepal Times
Mar 25, 2026
Playing
रविलाई अमेरिकी दूतको फोन, नयाँ सरकारसँग चीनले सहकार्य गर्ने || Nepal Times
Mar 25, 2026
Playing
Top 15 Afternoon News || Mar-25-2026 || Nepal Times
Mar 25, 2026
Playing
इरान र इजरेलबीच आक्रमण जारी, खाडी देशहरूमा पनि हमला|| Nepal Times
Mar 25, 2026
Playing
लारिजानीको ठाउँमा नयाँ सुरक्षा प्रमुख, Kuwait को एयरपोर्टमा ड्रोन हम ला || Nepal Times
Mar 25, 2026
Playing
कहिले मैदानमा फर्किन्छिन् साम्बा ?घुँडाको शल्यक्रिया सफल|| Nepal Times
Mar 25, 2026
Playing
४५ सांसदले १७ मातृभाषामा शपथ लिने, कसको कुन भाषामा सपथ ?|| Nepal Times
Mar 25, 2026
Playing
तेहरानमा १२ मा रिए,ट्र म्पको स्टा टसले तेलबजारमा हलचल,यु द्ध लम्ब्याउन उक्सादै|| Nepal Times
Mar 25, 2026
Playing
संघीयताको मर्ममाथि मुख्यमन्त्री कार्कीको ’मजाक’ || Nepal Times
Mar 25, 2026
Playing
मोरङ सुनसरी र झापामा बर्डफ्लू भयावह, विराटनगरमा पनि पुष्टि || Nepal Times
Mar 24, 2026
Playing
वार्ता हुनेमा अरब मुलुकको आशंका, इरानमा किन प्रत्याक्रमण गरेनन् ?|| Nepal Times
Mar 24, 2026
Playing
प्रतिवेदन सार्वजनिक नगरी विदा हुँदैछ सुशीला सरकार? || Nepal Times
Mar 24, 2026
Playing
गगनको गाडी रुक्दैन, रास्वपालाई बधाई,देउवाको घरमा भेटिएको पैसाको अनुसन्धान गर्न माग|| Nepal Times
Mar 24, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-10-2082 || Nepal Times
Mar 24, 2026
Playing
इन्धन जोहो गर्न नेपालमा जोरबिजोर, ग्यास भरिएकै सिलिण्डर|| Nepal Times
Mar 24, 2026
Playing
अमेरिकाविरुद्ध चीनको पनडुब्बी युद्धको तयारी|| Nepal Times
Mar 24, 2026

बङ्गुरपालनबाट वार्षिक १८ लाख आम्दानी

२४ कार्तिक २०७८

२४ कार्तिक, पर्वत ।

इराकमा अमेरिकी सेना र आतङ्कवादीबीचको लडाइँमा बचेर आएका यहाँका एक युवाले बङ्गुरपालन व्यवसायकाट मनग्य आम्दानी गर्न थालेका छन् ।

Advertisement

कुश्मा नगरपालिका–७ खरेहाका ३६ वर्षीय गौरव क्षेत्रीले व्यावसायिक बङ्गुरपालनवाट वार्षिक रु १८ लाखसम्म आम्दानी गर्न थालेका हुन्।

‘आतङ्कवादीले कति बेला लन्चर हान्थे थाहै नहुने तर अमेरिकी सैनिकले लन्चर आउँदै गरेको सूचना पाएपछि सबैलाई बङ्करमा लुक्न पठाउँथ्यो। त्यही आक्रमणमा परेर कति साथी त मारिए,’ उनले भने, ‘मौकाले बाँचियो । बममा टेकेर बाँचेको जीवनभन्दा नेपालमै सुख र शान्तिको अनुभव गरेपछि नेपाल फर्किएको हुँ ।’

तीन वर्ष अमेरिकी सैन्य शिविरमा बसेका उनको काम सैनिकका लागि आवश्यक सामग्री आपूर्ति गर्ने थियो। खुकुरीको धारमा जीवन राखेर बाँचेर फर्किएका उनले चुनौतीकै माझ कुश्मा नगरपालिका–८ अम्बोटको ओडारेमा बङ्गुरपालन व्यवसाय सुरु गरेका छन् । गौरव जिल्लाकै सफल बङ्गुरपालक व्यवसायीका रूपमा चिनिन्छन् ।

सात वर्षदेखि यो व्यवसायमा लागेका उनले शान्तिपूर्वक घरमै बसेर इराकको भन्दा दोब्बर कमाइ गरिरहेको जानकारी दिए। इराकमा मासिक रु ७० हजार कमाउने उनले बङ्गुरपालनबाटै मासिक रु डेढ लाख बचत गर्दै आएका छन्। अरूको देशमा जोखिमपूर्वक गरेको कमाइभन्दा थोरै भए पनि स्वदेशको कमाइ स्वादिलो मानेर नेपाल फर्किएका उनले बङ्गुरपालनबाट सोचेभन्दा राम्रो प्रगति गरेका हुन्।

‘कतिबेला मरिने हो भन्ने जगजगीबीच बसेर कमाएको धनभन्दा सुख र शान्तिले आफ्नै देशमा जति हुन्छ त्यही कमाइ मिठो सोचेर देश फर्किएँ,’ उनले भने, ‘मैले यहाँ कोरियाली प्रविधि प्रयोग गरेर फरक तरिकाले बङ्गुर पालिरहेको छु। बजारको माग धान्नै सकेको छैन।’

समाजमा केही जातलाई बङ्गुर पाल्न नहुने जातका रूपमा हेरिन्छ। ब्राह्मण, क्षेत्री समुदायमा त सुँगुर÷बङ्गुर छुनै हुँदैन, छोएमा जात जान्छसमेत भनिन्छ। यस्तो सोच राख्ने समाजमा बसेर बङ्गुर पाल्नु उहाँका लागि सहज कहाँ थियो र ? तर आफैँले काम सुरु नगरेसम्म अरूको मानसिकतामा परिवर्तन ल्याउन असम्भव ठानेका उनले सामाजिक चुनौतीकै बीच बङ्गुर पाल्न लागेका हुन्।

सात वर्षका अवधिमा उनले फार्ममा झण्डै रु एक करोड लगानी गरेका छन्। यद्यपि अझै पनि उनलाई ‘बङ्गुर पाल्न छाडेर अरू केही गर’ भन्ने परिवारको दबाब आउने गरेको छ। व्यावसायिक सफलता हुँदाहुँदै परिवारका सदस्यहरू भने उनको यो पेशाबाट सन्तुष्ट छैनन्।

‘मेरी हजुरआमाले त अहिलेसम्म फार्ममा टेक्नुभएको छैन । आक्कलझुक्कल आमा आउन थाल्नुभएको छ तर उहाँले अहिले पनि यो काम नगर अरू केही गर भन्नुहुन्छ,’ उनले भने, ‘काम यो गर्न हुने, ऊ गर्न नहुने भन्ने केही छैन । गर्न सके जे गरे नि हुन्छ, आफू जेबाट सफल भइन्छ त्यही काम गर्ने त हो नि !’ उनको आँट र व्यावसायिकतालाई प्रवद्र्धन गर्न आर्थिक वर्ष २०७७÷७८ मा भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रबाट बङ्गुरको व्यावसायिक कृषि केन्द्र (ब्लक) कार्यक्रमबाट रु तीन लाख ५० हजार अनुदानसमेत आएको थियो।

उनले मासुका लागि बिक्री गरेकामध्ये अहिलेसम्म सबैभन्दा बढी एउटै बङ्गुरलाई रु ८५ हजारमा बिक्री गरेका छन् । बजारमा उत्पादन हुने फोहर उठाएर बङ्गुरलाई आहार दिने गरेका उनले आजभोलि फोहरलाई कम गरेर दाना खुवाउन थालेका छन्। यही कारण रु चार हजारमा बेच्ने गरेको एउटा पाठाको मूल्य रु पाँच हजार ५०० पुगेको छ।

उनले बजारको मागअनुसार धेरै उत्पादन गर्न नसकेको बताए। उनले मासुका लागि भन्दा पनि पाठापाठी जन्माउन माउ बङ्गुर राखेका छन्। एउटा माउ चार÷पाँच बेत ब्याएपछि मात्र मासुका लागि बेच्ने गरेको बताए। उनको फार्ममा अहिले माउ र पाठा गरेर ८० वटा बङ्गुर छन् । माग भने पोखरा, मुस्ताङ, बागलुङ, कुश्मा, तनहुँ, स्याङ्जालगायतका ठाउँमा छ । मागअनुसार उत्पादन गर्न सके निकै राम्रो आम्दानी हुने क्षेत्रीको भनाइ छ।

वैदेशिक रोजगारीका लागि सबै नेपालीले रोजेको र खोजको जस्तो काम विदेशमा नपाउने भएकाले जस्तो काम पाइन्छ उस्तै काम गर्नुपरेको गौरवको अनुभव छ। विदेशमा रहेका नेपालीले बङ्गुर फार्ममा पनि काम गरिरहेको बताउँदै व्यवसायी क्षेत्रीले विदेशमा जस्तो फोहरमा पनि काम गरेर आम्दानी गर्न तयार हुने नेपालीले त्यही काम आफ्नो देशमा गर्न लजाउने गरेको बताए। रासस

Advertisement

भर्खरको समाचार

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

इरानलाई अल्टिमेटम दिएका ट्रम्प किन एकाएक वार्तामा फर्किए?

trump khameni missiel

रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन

Balen-Rabi at KTm Valley_NPL (10)

अमेरिकासँग इरानको वार्ता भएकै छैन्, ट्रम्पको दाबी अफवाह!

trump

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

सम्बन्धित खबरहरु

Scroll to Top