सत्तारुढ गठबन्धनको समन्वय समितिप्रति कांग्रेसमै असन्तुष्टि

२४ कार्तिक, काठमाडौं ।

सत्तारुढ गठबन्धनले गठन गरेको राजनीतिक समन्वय समितिलाई लिएर सरकार नेतृत्वकर्ता दल कांग्रेसमा असन्तुष्टि बढेको छ । राजनीतिक सकसका बेला उच्चस्तरीय राजनीतिक संयन्त्रण गठन गर्ने गरेका दलहरूले यस पटक भने गठबन्धनका तर्फबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा राजनीतिक समन्वय समिति गठन गरेका हुन् ।

तर, सोही समितिलाई लिएर कांग्रेसभित्र असन्तुष्टि बढेको सतहमै देखिएको छ । गणेशमान सिंहको १०७औं जन्मजयन्तीका अवसरमा बुधबार बिहान काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले राजनीतिक समन्वय समिति सरकारभन्दा माथि रहन खोजेको आरोप लगाए ।

संविधानअनुसार समितिको ओैचित्य नरहेको बताएका उनले सरकारलाई नियन्त्रण गर्ने खालका संयन्त्र बनाउन आवश्यक नरहेको पनि जिकीर गरे । संविधान र प्रजातान्त्रिक विधिविपरीत संयन्त्र बनाउन नहुनेमा जोड दिएका नेता सिंहले भने, ‘अहिलेको सरकार गठबन्धनको हो । राज्यसत्ता सरकारले चलाउने हो । तर, समन्वय समिति बनाइएको छ। अहिलेको अवस्थामा यो आवश्यक छैन ।’

सरकारलाई नियन्त्रणमा राख्ने गरी संयन्त्र बनाउन नहुने बताएका उनले भने, ‘ उच्चस्तरीय राजनीतिक समिति वा समन्वय समिति जे नाम दिए पनि सरकारलाई कन्ट्रोल गर्ने मेकानिजमबाट यो बनेको छ । प्रजातान्त्रिक प्रणालीमा यो आवश्यक छैन ।’

तर, उनको आरोपलाई खण्डन हुने गरी यसअघि नै मंगलबार राजनीतिक समन्वय समितिका संयोजक कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले अभिव्यक्ति दिएका थिए । उनले समितिले सरकारको काममा कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने र नगरेको बताएका थिए ।

वर्तमान राजनीतिक व्यवस्थालाई र लोकतन्त्रलाई सुनिश्चित गर्न समन्वयका लागि काम गर्न समिति बनाइएको र सोहीअनुसार काम गरेको नेता पौडेलको दाबी छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top