मनाङले पोखरा रंगशालालाई घरेलु मैदान बनाउने

२४ कात्तिक, काठमाडाैँ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसपटकको सहिद स्मारक ए डिभिजन लिग चार मैदानमा खेलाउने तयारी गरेको छ । जस अन्तर्गत मनाङ मस्र्याङ्दीले घरेलु मैदानको रुपमा पोखरा रंगशाला गरेको छ । यदि लिगका खेला पोखरा रंगशालामा आयोजना हुन सके सहिद स्मारक ए डिभिजन लिगका खेल उपत्यका भन्दा बाहिर हुनेछ ।

कात्तिक २९ गतेदेखी नेपाली फुटबलको सबै भन्दा ठूलो प्रतियोगिता सहिद स्मारक ए डिभिजन लिग आयोजना हुँदै छ । अघिल्ला संस्करण दुई मैदानमा आयोजना भएको लिग यसपटक भने चार रंगशालामा हुँदै छ । यद्यपि सुरुआती दुई चरणको खेल तालिकामात्र सार्वजनिक भएको छ । जसमा त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र एन्फा टेक्निकल सेन्टरमा खेल हुँदै छन् । अन्य चरणका खेलका लागि भने एन्फाले च्यासल मैदान र मनाङ मस्र्याङ्दीले घरेलु मैदानको रुपमा प्रस्ताव गरेको पोखरा रंगशाला हुँदै छ । सोही अनुसार मनाङले पोखरा रंगशालामा तयारी पनि गर्दै आएको छ । पोखराको रंगशालमा लिग सञ्चालन गरे सहिद स्मारक ए डिभिजिन लिग पहिलो पटक काठमाडौं बाहिर हुनेछ । पोखरा रंगशालाई प्रयोग गर्नका लागि एन्फासँग छलफल भइरहेको मनाङ मस्र्याङ्दी फुटबल क्लबका अध्यक्ष विजयी घले बताए ।

कोरोना महामारीले निर्धारित मिति भन्दो केही महिना पछि धकेलिएको लिगमा पोखरा रंगशालाका अलावा च्यासल मैदान पनि आयोजना गर्ने योजना एन्फासँग छ । कात्तिक २९ गतेबाट हुने लिगको उद्घाटन खदेल यसै सिजन बढुवा भएको सातादोबाटो युथ क्लबले फ्रेन्ड्सँग प्रतिस्पर्धा गर्दै छ । उद्घाटन खेल ‘फ्लड लाईट’ मा खेलाउने एन्फाको तयारी छ । सुरुवाती दुई चरणका खेलमध्ये आधा खेल दशरथ रंगशालामा हुनेछन ।

पोखरा रंगशालालाई मनाङ मस्र्याङ्दीले घरेलु मैदानको रुपमा प्रयोग गर्न यस अघि नै स्वीकृती पाइसकेको छ । त्यसैले मनाङले काठमाण्डौंदेखि क्लबहरुलाई पोखरासम्म लैजाने र खेलाएर काठमाण्डौं पठाउने प्रबन्धका लागि एन्फासँग छलफल भइरहेको बताएको छ । यद्यपि अन्तिम तालिका सार्वजनिक नभएसम्म मनाङको प्रस्ताव अपूरो हुनेछ । फागुन १४ गते सम्म सञ्चालन हुने लिगमा १४ टोलीले सहभागिता जनाउँदै छन भने दुई टोली रेलिगेशनमा घटुवा हुनेछन । १३ चरणका खेल हुने लिगमा कुल ९१ खेल हुनेछन ।

भर्खरको समाचार

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

सम्बन्धित समाचार

Scroll to Top