पार्टीको खातामा सय रुपैयाँ जम्मा गर्न आफ्ना सदस्यहरुलाई एमालेको अपिल

२४ कात्तिक, काठमाडाैँ ।

नेकपा एमालेले पार्टीका सदस्यहरुलाई कम्तिमा एक सय रुपैयाँ पार्टीको खातामा जम्मा गरिदिन अपिल गरेको छ । बुधबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बसेको नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीको बैठकले पार्टीको महाधिवेशनका लागि सबै सदस्यहरुलाई कम्तिमा एक सय रुपैयाँ पार्टीको खातामा जम्मा गरिदिन अपिल गर्ने निर्णय गरेको हो ।

त्यसका लागि नेकपा एमालेले राष्ट्रिय बाणिज्य बैंक, टेकू शाखामा १७–००१००००११५९००१ नम्बरको चल्ती खाताको व्यवस्था गरेको छ । सोही खातामा सबै पार्टी सदस्यहरुले महाधिवेशनको खर्चका लागि मोबाईलमार्फत् वा सो बैंकको खातामा कम्तीमा १०० रुपैयाँ पैसा जम्मा गर्न अपिल गरिएको पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । एमालेले यस अघि नै पार्टीको महाधिवेशनमा चन्दा नउठाउने निर्णय गरिसकेको छ । प्रचार विभाग प्रमुख भट्टराईका अनुसार एमालेसँग हाल करिव ७ लाख ३० हजार पार्टी सदस्य छन । उनीहरुबाट कम्तीमा १ सय रुपैयाँ उठाउँदा ७ करोड ३० लाख रुपैयाँ उठछ । त्यसले पार्टीको महाधिवेशनको खर्च पु¥याउन सकिन्छ ।

प्रचार विभाग प्रमुख भट्टराईले भने, ‘यो महाधिवेशनलाई सम्पन्न गर्न एउटा ठूलो आर्थिक खर्च पनि छ । ठूलो पार्टी छ । ठूलो जनसहभागिता जुटाउनु पर्नेछ । देशभरबाट प्रतिनिधिहरु आउनेछन । विदेशी मित्रहरु पनि यसमा सहभागी हुनेछन् । र ठूलै खर्च यो महाधिवेशनमा हुन्छ । त्यसकारणले आजको व्यवस्थापन कमिटीको बैठकले प्रत्येक पार्टी सदस्यबाट कम्तिमा पनि रुपैयाँ १०० महाधिवेशनको निम्ति खोलिएको खातामा अनलाईन सिष्टमबाट जम्मा गर्ने, त्यो हामीले अपिल गरेका छौं । प्रत्येक पार्टी सदस्यबाट आजको दिनमा हाम्रो पार्टी सदस्यहरु ७ लाख ३० हजार करिव हुनुहुन्छ । अहिले त्यसको अन्तिम रेकर्ड आउन बाँकि छ । केही हजार थपिन पनि सक्नु हुन्छहोला । अथवा केही घटन पनि सक्छ । अन्तिम अभिलेख आउन बाँकि छ । ७ लाख ३० हजार पार्टी सदस्यबाट हामी ७ करोड ३० लाख रुपैयाँ एउटा अनलाईन सिष्टमबाट पार्टी सदस्यबाट कम्तिमा एक सय रुपैयाँ डोनेट गर्नु हुन्छ । एटलिष्ट एउटा पार्टी सदस्यले एक सय रुपैयाँ चाँही उहाँले आफ्नो मोबाईलमार्फत् अथवा नजिकको बैंकमा गएर पनि हामीले दिएको बैंक खातामा जम्मा गर्न सक्नुहुन्छ । त्यसको निम्ति राष्ट्रिय बाणिज्य बैंक, टेकुमा हामीले चल्ती खाता खोलेका छौं । १७००१००००११५९००१ यो हाम्रो खाता नम्बर हो । यो खाता नम्बरमा प्रत्येक पार्टी सदस्यले १०० रुपैयाँ अनिवार्य जम्मा गर्नुहुन्छ । यसबाट हामी महाधिवेशनको खर्चहरु व्यवस्थापन गर्नेछौं ।’

बैठकले पार्टीको महाधिवेशनसम्बन्धि सम्पूर्ण कार्ययोजना पनि परिमार्जनसहित पारित गरेको छ । जस अनुसार मंसीर १० गते राष्ट्रिय महाधिवेशनको उद्घाटन अपरान्ह १२ बजे चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा रहेको विशाल मैदानमा अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ । यो उद्घाटनको अवसरमा देशभरका पार्टीको शुभचिन्तक र समर्थकहरु सहभागी हुने एमालेले जनाएको छ । प्रचार विभाग प्रमुख भट्टराईले उद्घाटन समारोहमा कम्तिमा ५ लाख जनसहभागिता हुने र त्यसका लागि चितवन र त्यस आसपासका जिल्लाहरुबाट जनपरिचालन गर्ने निर्णय पनि महाधिवेशन मूल व्यवस्थापन कमिटीले गरेको बताउनु भयो । बैठकले कार्तिक ३० गते भित्र महाधिवेशनका लागि चयन भएका प्रतिनिधिहरुको सम्पूर्ण विवरण पार्टीको केन्द्रिय कार्यालयमा बुझाउन पनि सम्बन्धित कमिटीहरुलाई निर्देशन दिएको छ । एमालेले यही कार्तिक २७ गते देशभर एक साथ प्रतिनिधि छनौट गर्ने कार्यतालिका यस अघि नै सार्वजनिक गरिसकेको छ । महाधिवेशनमा देशभरका १९९९ जना प्रतिनिधिहरु सहभागी हुनेछन ।

प्रचार विभाग प्रमुख भट्टराईले भने, ‘यो मंसीर १० गते १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन अपरान्ह १२ बजे चितवनको नारायणगढस्थित नारायणी नदीको किनारमा रहेको मैदानमा आयोजना हुनेछ । पार्टी अध्यक्ष कमरेडबाट राष्ट्रिय महाधिवेशनको उद्घाटन हुनेछ । यो उद्घाटनका अवसरमा देशभरीबाट हाम्रा पार्टीका समर्थक, शुभचिन्तकहरु सहभागी हुनेछन । र आजको बैठकले मूलतः चितवन र चितवन आसपासका जिल्लाहरुबाट ब्यापक जनपरिचालन गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले विश्वका विभिन्न देशमा रहेका हाम्रा मित्र संगठनहरु, भाईचारा संगठनहरुलाई यो राष्ट्रिय महाधिवेशनमा निमन्त्रणा पठाउने निर्णय गरेको छ । पठाइपनि सकिएको छ । र कतिपय पार्टीहरुबाट महाधिवेशनमा उपस्थित हुने सूचना पनि हामीलाई दिनु भएको छ । यसको पनि हामीले क्रमशः फ्लो गर्दै जानेछौं । साथै दक्षिण एशीयाली सत्तारुढ दलहरु, विपक्ष दलहरुलाई पनि हामीले यो महाधिवेशनमा आमन्त्रण गर्नेछौं । यही कात्तिक २७ गते देशका सम्पूर्ण प्रतिनिधिहरुको छनौट गर्ने कार्यतालिका छ । त्यसलाई सम्पन्न गर्नका लागि आजको बैठकले जोड दिएको छ र कात्तिक २७ गते देशभरीबाट १९९९ जना प्रतिनिधिहरु छनौट हुन्छ । र ३० गते भित्र प्रतिनिधिहरुको सम्पूर्ण विवरण पार्टी केन्द्रिय कार्यालयमा उपलब्ध गराउन निर्देशन गरिएको छ ।’

महाधिवेशनको बन्द सत्र चितवनको सौराहामा हुनेछ । प्रतिनिधिहरुका लागि त्यही आसपासका लज, गेष्ट हाउसहरुमा आवास र महाधिवेशन स्थलमै सामूहिक खानाको पनि व्यवस्था गर्ने औपचारिक निर्णय गरिएको पनि प्रचार विभाग प्रमुख भट्टराईले बताए । एमालेले महाधिवेशनको नेतृत्व चयनका लागि हुने निर्वाचनका लागि इलेक्ट्रोनिक भोटिङ सिष्टम प्रयोग गर्नेछ । बैठकले महाधिवेशनमा पोष्टर र भित्ते लेखन नगर्ने निर्णय पनि गरेको छ । इलेक्ट्रोनिक सञ्चार माध्यामहरुको प्रयोग गरेर महाधिवेशनको प्रचार प्रसार गर्ने निर्णय पनि बैठकले गरेको प्रचार विभाग प्रमुख भट्टराईले बताए । उनले भने, ‘महाधिवेशनको बन्दसत्र चितवनको सौराहामा हुनेछ । प्रतिनिधिहरुलाई त्यही सौराहा र त्यस आसपासको लज, गेष्टहाउसहरुमा पनि आवासको व्यवस्था गरिनेछ । सामुहिक खानाको व्यवस्था पनि महाधिवेशन स्थलमै गरिनेछ । यो महाधिवेशनमा हामी ईलेक्ट्रोनिक भोटिङ सिष्टमबाट निर्वाचन प्रक्रिया अवलम्बन गर्नेछौं । हामीले १० गतेको उदघटन सकिएपछि ११ बजेबाट निर्वाचन प्रक्रिया सुरु गर्नेछौं । १२ गते मतपरिणाम घोषणा गरी पार्टीको महाधिवेशन सम्पन्न गर्ने तयारीका साथ अघि बढिएको छ ।’

बैठकले महाधिवेशनका लागि दक्षिणी एशीयाली राष्ट्रका सत्तारुढ दल र विपक्ष दलहरुलाई अनिवार्य रुपमा निमन्त्रणा गर्ने निर्णय पनि गरेको एमालेले जनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top