×

NEPAL TIMES UPDATES

Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026

इंग्ल्यान्डलाई हराउँदै न्युजिल्यान्ड पहिलो पटक टि२० विश्वकपको फाइनलमा

२५ कार्तिक २०७८

२५ कात्तिक, एजेन्सी ।

इंग्ल्यान्डलाई हराउँदै न्युजिल्यान्ड पहिलो पटक आइसिसी टि२० विश्वकपको फाइनलमा पुगेको छ । बुधबार राती शेख जायद स्टेडियम आबूधाबीमा सम्पन्न आइसिसी टि२० विश्वकप २०२१ को पहिलो सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो । न्युजिल्यान्डले उपाधिको लागि अष्ट्रेलिया र पाकिस्तान मध्य एकसँग आइतबार प्रतिस्पर्धा गर्नेछ ।

Advertisement
Advertisement

जितको लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डका ओपनर डर्याल मिचेल ४७ बलमा ४ चौका र ४ छक्का सहित ७२ रनमा अविजित रहँदै फाइनलमा पुर्याए । न्युजिल्यान्डलाई अन्तिम ४ ओभरमा ५७ रन आवश्यक परेको थियो । तर १७ औं ओभरमा क्रिस जोर्डनलाई जिमी निशमले २३ रन प्रहार गरेपछि खेलले नयाँ मोड लिएको थियो ।

१८ औं ओभरको दोस्रो बलमा जिमी निशम र चौथो बलमा डर्याल मिचेलले छक्का प्रहार गरेपछि न्युजिल्यान्डले खेलमा आशा फर्काएको थियो । यसै ओभरको अन्तिम बलमा निशम कभरमा ओईन मोर्गनबाट २६ रनमा कभरमा समातिन पुगेपछि खेल थप रोचक बनेको थियो । निशमले १० बलमा ३ चौका र १ छक्का प्रहार गरे । १९ औैं ओभरको दोस्रो र तेस्रो बलमा डर्याल मिचेलले क्रिस वोक्सलाई छक्का प्रहार गरेपछि न्युजिल्यान्ड फाइनल पक्का गरेको थियो ।

तीव्र गतिका बलर क्रिस वोक्सको पहिलो ओभरको तेस्रो बलमै ओपनर मार्टिन गुप्टिल लिडिङ एज लागेर मिडअनमा मोईन अलीबाट ४ रनमा क्याच आउट भएपछि न्युजिल्यान्ड सुरुवातमै दबाबमा परेको थियो । वोक्सकै तेस्रो ओभरको चौथो बलमा कप्तान तथा प्रमुख ब्याटर केन विलियम्सन टप एज लागेर आदिल राशिदबाट ५ रनमा क्याच आउट भएपछि न्युजिल्यान्ड सुरुवातमै समस्यामा परेको थियो ।

तेस्रो विकेटका लागि डेभन कन्वे र डर्याल मिचेलले ६७ बलमा ८२ रनको साझेदारी गर्दै न्युजिल्यान्डलाई सम्हाल्लेका थिए । स्पिनर लियाम लिभिङस्टोनको १४ औं ओभरको चौथो बलमा कन्वे ४६ रनमा विकेटकिपर जस बटलरबाट स्टम्पिङ आउट भएका थिए । कन्वेले ३८ बलमा ५ चौका र १ छक्का प्रहार गरे । इंग्ल्यान्डका लियाम लिभिङस्टोनले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । क्रिस वोक्सले २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६६ रन बनाएको थियो । इंग्ल्यान्डका मोईन अली ३७ बलमा ३ चौका र २ छक्का सहित सर्वाधिक ५१ रनमा अविजित रहे । इंग्ल्यान्डलाई ओपनर जोनी बेयरस्टो र जस बटलरले ५.१ ओभरमा ३७ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर एडम मिल्नेले छैटौं ओभरको पहिलो बलमा बेयरस्टोलाई मिडअफमा केन विलियम्सनबाट १३ रनमा उत्कृष्ट क्याच आउट गराएका थिए ।

स्पिनर ईश सोधीले नवौं ओभरको पहिलो बलमा जस बटलरलाई २८ रनमा एलबीडब्लू आउट गरे । बटलरले २४ बलमा ४ चौका प्रहार गरे । तेस्रो विकेटका लागि डेविड मलान र मोईन अलीले ४३ बलमा ६३ रनको साझेदारी गरेका थिए । तीव्र गतिका बलर टिम साउथीको १६ औं ओभरको दोस्रो बलमा विकेटकिपर डेभन कन्वेबाट मलानलाई ४१ रनमा क्याच आउट भएका थिए ।

मलानले ३० बलमा ४ चौका र १ छक्का प्रहार गरे । इंग्ल्यान्डका लियाम लिभिङस्टोनले १० बलमा १ चौका र १ छक्का सहित १७ रनमा क्याच आउट भए । ओईन मोर्गन ४ रनमा अविजित रहे । न्युजिल्यान्डका ईश सोधी, एडम मिल्ने, टिम साउथी र जेम्श निसमले १–१ विकेट लिए ।

Advertisement

न्युजिल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो । यसअघि न्युजिल्यान्ड २००७ र २०१६ को संस्करणमा सेमिफाइनलबाट बाहिरिएको थियो । दोस्रो सेमिफाइनलमा बिहीबार अष्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । जसको विजेताले न्युजिल्यान्डसँग फाइनल खेल्नेछ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top