फेरि पेट्रोलियम पदार्थमा मूल्यवृद्धि, ग्यासको मूल्य ७५ रुपैयाँ बढ्यो

२५ कात्तिक ७८, बिहीबार
Share this
791shares

२५ कात्तिक, काठमाडौं।

Advertisement

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल, खाना पकाउने एलपी ग्याँस र मट्टीतेलको मूल्य वृद्धि गरेको छ । निगमले दुई हप्ता नबित्दै पेट्रोलियम पदार्थको भाउ बढाएको हाे ।

गएरातिदेखि लागू हुनेगरी एलपिजी ग्यासमा प्रति सिलिन्डर ७५ रुपैयाँ वृद्धि गरी १५ सय ७५ रुपैयाँ पुर्‍याइएको छ । त्यसैगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३-३ रुपैयाँ बढाइएको छ ।

Advertisement

हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ । खरिद मूल्य नै महँगो परेको र नेपालको सीमा जोडिएको रक्सौल बजारभन्दा नेपालमा पेट्रोल ३७ रुपैयाँ ५३ पैसा र डिजेल ३० रुपैयाँ ६५ पैसा सस्तो रहेको तथा ग्यास प्रति सिलिन्डर ६ सय ५७ रुपैयाँ ८४ पैसा घाटा रहेको निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराइले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top