मनाङलाई युवा खेलाडीको भर

२५ कात्तिक ७८, बिहीबार
Share this
749shares

२५ कार्तिक, काठमाडौं ।

Advertisement

सहिद स्मारक ‘ए’ डिभिजन लिगको कीर्तिमानी आठौं पटकको विजेता हो, मनाङ मर्स्याङ्दी क्लब । सी डिभिजनबाट प्रत्येक वर्ष बढुवा हुँदै ए डिभिजनसम्म आइपुग्ने कीर्तिमान यसै क्लबसँग छ ।

व्यावसायिक रूपमा निकै नै सफल मनाङ घरेलु शीर्ष डिभिजन लिगमा सधैँ उपाधि दाबेदारी प्रस्तुत गर्दै आइरहेको हुन्छ । राष्ट्रिय टोली तथा उमेर समूहका खेलाडी लिग समय मनाङ क्लबमै हुन्छन् ।

Advertisement

नेपाली क्लबहरूबीच खेलाडीका लागि पैसा खर्च गर्ने क्लबको रूपमा चिनिन्छ मनाङ । त्यसैले नै ठूला र स्टार खेलाडीहरू मनाङमा अनुबन्धन हुन रुचाउँछन् । एक जमना थियो, खेलाडीबीच मनाङमा अनुबन्धन हुन निकै प्रतिस्पर्धा चल्थ्यो ।

तर, पछिल्लो समय भने त्यस्तो वातावरण छैन । मनाङभन्दा अन्य क्लबले धेरै खेलाडीको लागि लगानी गर्न थालेका छन् । गत सिजन त मनाङका करिब एक दर्जन खेलाडी नै एकै पटक मछिन्द्र फुटबल क्लब पुगे ।

Advertisement

त्यसपछि मनाङले युवा टोली बनाएर जसोतसो लिग समाप्त पा¥यो । तिनै युवा खेलाडीले मनाङलाई तेस्रो स्थानमा अड्काए ।

यस पटक समेत मनाङ पुनः युवा खेलाडीको भरमा लिगमा होमिँदै छ । २९ कात्तिकबाट सुरु हुँदै गरेको लिगको लागि मनाङले युवा खेलाडी तयार पारेर तयारीमा तीव्रता दिएको छ ।

हाल मनाङले आफ्नो घरेलु मैदानको रूपमा पोखरा रंगशालालाई अगाडि ल्याएको छ । लिग हुँदै छ काठमाडौँ उपत्यकामा । मनाङको टोली उपत्यकामै रहेर अभ्यास सत्र बढाइरहेको छ ।

टोलीमा अधिकांश युवा खेलाडी छन् । राष्ट्रिय फुटबल र नेपालको उमेर समूहबाट खेलेका खेलाडी मनाङमा छन् । मनाङको कप्तानी अन्जन बिष्टले गर्नेछन् । उनलाई दिनेश राजवंशी, विशाल सुनार (गोलरक्षक), आदित्य चौधरी, प्रवेश दनुवार, दिपक राई, पुजन उपरकोटी, विमल राना, विश्व अधिकारी तथा विदेशी खेलाडीहरू आफिज ओलावाले र एडेलाजा सोमिडेले साथ दिनेछन् ।

मनाङ यिनै खेलाडीको यात्रासँगै आफ्नो निर्धारित दूरीमा पुग्ने लक्ष्यमा छ । हरेक दुई वर्षमा परिवर्तन हुने कार्यसमितिका कारण मनाङले लिगको केही अघिमात्र तयारी सुरु गर्छ र खेलाडीलाई समेत लामो समय अनुबन्धन गर्न पाउँदैन ।

यस सिजनमा क्लब युवा खेलाडीको भरमा लिगको दाबेबारी प्रस्तुत गर्ने लक्ष्यमा छ । टोलीका प्रशिक्षक राजेन्द्र तामाङ तयारी राम्रो भएको र लिगमा राम्रो चुनौती पेस गर्ने न्युज कारखानालाई बताउँछन् ।

‘लिगको तयारी राम्रो भइरहेको छ । अझै केही खेलाडी आउने क्रम जारी छ । व्यवस्थापक पाटो पनि राम्रो भएकाले खेलाडीले राम्रो नतिजा दिनेमा विश्वस्त छु’, गत दुई सिजन विभागीय एपीएफ फुटबल क्लबलाई प्रशिक्षण दिएका ए लाइसेन्स प्राप्त राजेन्द्र भन्छन् ।

मनाङले यस पटकसमेत ए लाइसेन्समा राजेन्द्रलाई राखेर फुजा तोपेलाई प्रशिक्षकमा भित्र्याउने तयारी गरेको छ । फुजा केही दिनमा नेपाल झर्नेछन् ।

फुजाको प्रशिक्षणमा मनाङले विना रेलिगेशनको लिगमा कीर्तिमानी आठौं पटक लिगको उपाधि हात पारेको थियो । गत सिजन मनाङले फुजाको प्रशिक्षणमा चौथो स्थान हासिल गरेको थियो ।

विदेशी खेलाडी आफिल र एडेलाजाको भर

युवा खेलाडीले भरिएको मनाङ यस पटक पनि विदेशी खेलाडको महत्वपूर्ण प्रदर्शनमा राम्रो नजिता लिने दाउमा छ । जसका लागि मनाङले अट्याकमा नेपालमा अभ्यस्त भइसकेका आफिज ओलावाले र एडेलाजा सोमिडेलाई भित्र्याएको छ ।

विना रेलिगेशनका लिगमा दुवै खेलाडीले मनाङबाट प्रभावशाली प्रदर्शन गरेका थिए । त्यसपछिको लिगमा आफिज नेपालमै रहेनन् भने एडेलाजा मछिन्द्र लागेका थिए । मनाङलाई कीर्तिमानी आठौं पटक लिग जिताउँदा आफिजले सात गोल गरेका थिए भने एडेलाजाले चार गोल गरेका थिए ।

यस्तै साविक विजेता मछिन्द्रलाई पहिलो पटक लिगको उपाधि दिलाउँदा एडेलाजाले चार गोल गरेका थिए ।

पछिल्लो समय भएको नेपाल सुपर लिग (एनएसएल) मा समेत दुवै खेलाडीले क्लबका लागि राम्रो प्रदर्शन दिएका थिए । एनएसएलमा आफिज धनगढीका लागि चार गोल गर्दा एडेलाजाले विराटनगरको लागि दुई गोल गरेका थिए ।

त्यसैले मनाङले यस सिजनको लिगमा समेत अग्रपंक्तिमा दुई खेलाडीबाट ठूलो आशा गरेको छ ।

हालसम्म मनाङले अनुबन्धन गरेका खेलाडी

अन्जन बिष्ट (कप्तान ) दिनेश राजवंशी, विशाल सुनार (गोलरक्षक), आदित्य चौधरी, प्रवेश दनुवार, दिपक राई, पुजन उपरकोटी, विमल राना, विश्व अधिकारी, आफिज ओलावाले, एडेलाजा सोमिडे, अशोक बराल, एकराज गुरुङ, दिपक राई, सरोज योञ्जन

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top