अमेरिकी प्रतिनिधिमण्डल ताइवान पुगेपछि चीन क्रुद्ध

२४ कात्तिक ७८, बिहीबार

२५ कार्तिक, न्युयोर्क ।

चीनले आगोसँग नजिस्कन अमेरिकालाइ चेतावनी दिएको छ ।

अमेरिकी सांसदहरुको एउटा प्रतिनिधिमन्डलले ताइवान भ्रमण गरेको विवरण सार्वजनिक भइरहेका बेला चीनको चेतावनी आएको हो । ‘अमेरिकाले आगो चलाएको छ, यसले उसैलाई जलाउने निश्चित छ,’ चीनले चेतावनीयुक्त भाषामा भनेको छ ।

अमेरिकी प्रतिनिधिमन्डलको ताइवान भ्रमणलाई चीनले ‘जोखिम र उत्तेजक’ भन्दै यसले एक चीन नीतिको उल्लंघन गरेको आरोप लगाएको छ । ‘ताइवानको स्वतन्त्र फौजसँग अमेरिकाको साँठगाँठ खतरनाक खेल हो । आगोसँग खेल्दा त्यसैले आफैलाई जलाउँछ,’ चीनका विदेशमन्त्री वाङ लीले भने ।

तर, अमेरिकी रक्षा मन्त्रालयले आफ्ना सांसदहरुको ताइवान भ्रमण समान्य भएको जनाएको छ । अमेरिकी संसदको प्रतिनिधिमन्डल अमेरिकी सेनाको विमानबाट ताइवान पुगेको थियो ।

अमेरिकी सांसदहरुको भ्रमण निकै उपयोगी भएको ताइवानका प्रधानमन्त्री सु सेङ चाङले बताएका छन् । भ्रमणलाई उनले ‘साथीहरूबीचको पारस्परिक भेट’ भनेका छन् ।

ताइवानको हवाई आधारमा चीनले आफ्ना लडाकु विमान बारम्बार उडाएपछि चीन र ताइवानबीचको सम्बन्ध चिसिएको छ । सम्बन्ध बिगार्न अमेरिकाले अप्रत्यक्ष भूमिका खेलेको चीनको आरोप छ ।

चीनले ताइवानलाई आफूबाट अलग भएको महत्वपूर्ण अंशको रूपमा हेर्दै आएको छ भने ताइवानले आफूलाई एउटा स्वतन्त्र मुलुक सम्झन्छ । ताइवानस्थित अमेरिकी केन्द्रले अमेरिकी सांसदहरुको ताइवान भ्रमणको व्यवस्था गरेको थियो । –एजेन्सी

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top