एमालेको संगठित सदस्य संख्या ८ लाख नाघ्यो- मोरङ पहिलो, झापा दोस्रो

२४ कात्तिक ७८, बिहीबार

२५ कार्तिक, काठमाडौं ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को संगठित सदस्य संख्या आठ लाख नाघेको छ । १०औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि छान्ने अन्तिम घडीमा आइपुग्दा एमालेको संगठित सदस्यको संख्या आठ लाख नाघेको हो ।

एमाले संगठन विभागका सचिव ज्ञानबहादुर भुजेलले न्यूज कारखानालाई दिएको जानकारीअनुसार अहिलेसम्म ७७ मध्ये नौ जिल्लाको अन्तिम परीणाम विभागमा आउन बाँकी छ । उनका अनुसार ६८ जिल्लाको संगठित सदस्यको विवरण आइसकेको छ ।

एमाले केन्द्रीय प्रचार विभागका सदस्य एवं प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले सबै जिल्लाको तथ्यांक हेर्दा मोरङ सबैभन्दा बढी संगठित सदस्य भएको जिल्ला बनेको बताए । बस्नेतका अनुसार मोरङपछि झापा छ ।

मोरङमा ३३ हजार ९ सय र झापामा २७ हजार ४ सय बढी संगठित सदस्य रहेको बस्नेतले बताए । झापा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला हो ।

एमाले संगठन विभाग सचिव भुजेलका अनुसार प्रदेश कमिटीले अन्तिम रुप दिए पनि संगठन बिभागमा अहिलेसम्म प्रदेश २ का चार जिल्ला सिरहा, सर्लाही, धनुषा, र महोत्तरी, बागमति प्रदेशको काठमाडौं र सुदुरपश्चिम प्रदेशको चार जिल्ला बझाङ, बैतडी, दार्चुला र अछामको अन्तिम सूची आउन बाँकी छ ।

‘नौ जिल्लाको अन्तिम विवरण आउन बाँकी छ, अन्य जिल्लाको संगठित सदस्यको बिवरण आइसकेको छ,’ विभाग सचिव भुजेलले भने, ‘७ लाख ५० हजारको अनुमान गरिएको थियो, उल्लेख्य संख्यामा सदस्यता नविकरण भएको देखियो, ९ जिल्लाको अन्तिम बिवरण आउँदा ८ लाख ५ हजार नाघ्ने देखिएको छ ।’

एमालेको महाधिवशन आगामी १० देखि १२ मंसिरसम्म चितवनमा हुँदैछ । एमालेले महाधिवेशनका लागि शुक्रबार देशैभर एकैपटक प्रतिनिधि छनोट गर्दैछ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top