इन्धनको मूल्यवृद्धिको विरोधमा बुटवलमा चक्काजाम

२४ कात्तिक ७८, बिहीबार

२५ कार्तिक, बुटवल ।

Advertisement

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा बुटवलमा विद्यार्थीहरूले चक्काजाम गरेका छन् । बुटवलको मुख्य सडक सिद्धार्थ राजमार्गको मिलनचोकमा विद्यार्थीहरूले प्रदर्शन गर्दै चक्काजाम गरेका हुन् ।

नेपाल आयल निगमले बुधबार रातिदेखि लागु हुनेगरी इन्धनको मूल्य बढाएपछि विद्यार्थीहरू बिहीबार बिहानैदेखि सडकमा ओर्लिएका हुन् ।

Advertisement

अनेरास्ववियुको नेतृत्वमा विद्यार्थीहरूले इन्धनको मूल्यवृद्धिको विरोधमा आन्दोलन थालेका हुन् । मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलनलाई जारी राखिने अनेरास्ववियु रुपन्देहीका सचिव प्रकाश पराजुलीले जानकारी दिए ।

सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर ७५ रुपैयाँ मूल्यवृद्धि गरेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top