प्रधानमन्त्री देउवाद्वारा फाल्गुनन्द जयन्तीको शुभकामना

२५ कात्तिक, काठमाडाैँ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३७ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत धमावलम्बीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

फाल्गुनन्द जयन्तीका अवसरमा उनले शुभकामना सन्देश दिँदै राष्ट्रिय विभूति, हत्याहिंसाका विरोधी तथा समाज सुधारक महागुरु फाल्गुनन्दका ज्ञान र उपदेशले समाजमा सकारात्मक प्रभाव पार्ने र सत्मार्गमा लाग्ने उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

विशेष गरी पूर्वी नेपालका पहाडी जिल्लामा बसोबास गर्ने किराँत समुदायको शैक्षिक, सामाजिक, आर्थिक र सांस्कृतिक विकासमा उनको महत्वपूर्ण भूमिका रहेको छ । प्रधानमन्त्री देउवाले उनका प्रेम, अहिंसा, लैङ्गीक समानता तथा आध्यात्मिकताका सिद्धान्तले समाजमा आपसी सद्भाव र सहिष्णुता प्रवद्र्धन हुने बताएका छन् ।

प्रधानमन्त्री देउवाले फाल्गुनन्द जयन्तीले सबैमा सहिष्णुता, सद्भाव, अहिंसा एवं समाज सुधारको अभियानमा लाग्न प्रेरणा प्राप्त होस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top