पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै ६ विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा

२५ कात्तिक, काठमाडौं ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गर्दै ६ विद्यार्थी संगठनले सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । सत्तारुढ गठबन्धनमा समेत रहेका ती विद्यार्थी संगठनले बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई ज्ञापनपत्र बुझाएर मूल्यवृद्धि फिर्ता लिन दबाब दिएका हुन् ।

माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, नेकपा (एस) निकट अनेरास्ववियका अध्यक्ष सुदेश पराजुली, जसपा निकट समाजवादी विद्यार्थी संघका अध्यक्ष रुपनारायण श्रेष्ठसहित ६ विद्यार्थी संगठनले ज्ञापन पत्र बुझाएका हुन् ।

तत्काल मूल्यवृद्धिको निर्णय फिर्ता नलिए शुक्रबार कात्तिक २६ गते बिहान ९-११ बजे आयल निगमका महाप्रबन्धकलगायत कर्मचारीलाई कार्यालय प्रवेश निषेध तथा घेराउ, कात्तिक २८ गते दिउँसो २ बजे प्रदर्शनीमार्गमा खाली सिलिन्डर प्रदर्शन गर्ने, कात्तिक ३० गते देशभर आयल निगमको कार्यालयमा कालो ब्यानर राखि विरोध गर्ने र मंसिर २ गते २ बजे माइतीघर मण्डलामा सडक बहस गर्ने ती संगठनहरुले जनाएका छन् ।

मूल्य समायोजनको बहानामा आयल निगमलगायतका सरकारी निकायहरूले चुहावट नियन्त्रण नगरी जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्षरूपमा गाँसिएका वस्तुमा मूल्यवृद्धि गरेको भन्दै संयुक्त विद्यार्थी संगठनले खेद जनाएका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top