×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

जनगणनामा जबरजस्ती हिन्दु धर्मावलम्वीहरुको संख्या बढाइने आरोप

२५ कार्तिक २०७८

२५ कात्तिक, काठमाडाैँ ।
नेपाल आदिवासी जनजाति महासंघले बाह्रांै राष्ट्रिय जनगणनामा आदिवासी जनजातिहरुको स्पष्ट पहिचान झल्किने गरी गणना गर्न माग गरेको छ । बिहीवार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले बाह्रांै राष्ट्रिय जनगणनामा आदिवासी जनजातिहरुको स्पष्ट पहिचान झल्किने गरी गणना गर्न माग गरेका हुन् ।

उनले विगतका जनगणनामा सरकारले सूचिकृत गरेका आदिवासी जनजातिको गणना नगरिएको भन्दै यस वर्ष सम्पूर्णको गणना गर्नुपर्ने बताए । अध्यक्ष बरामले कतिपय आदिवासी जनजातिको गणना भएपनि जातजाति भित्रको उपथरको स्पष्ट रुपमा पहिचान हुन नसकेको बताए । उनले यसपटक सरकारले जनजातिहरुको उपथरलाई पहिचान गरी त्यसको संख्या जनजातिको संख्या भित्रै आउनेगरी गणना गर्न माग गरे । उनले नेपालमा बहुभाषी मानिसहरु भएपनि कम मात्रामा बोलिने भाषाको जनगणना नै नहुने गरेकाले कुनै भाषा बोल्ने एकजना मात्रै छ भनेपनि उसको गणना गरेर सार्वजनिक गर्नु पर्नेमा जोड दिए ।

Advertisement
Advertisement

अध्यक्ष बरामले भने – ‘२०६८ सालको जनगणनामा नेपाल सरकारले नै सूचिकृत गरेको १२ वटा आदिवासी जनजातिको तथ्यांक नै छैन, २०६८ सालको जनगणनामा । जस्तो सिआर, लार्के, लोक्पा, थुदाम लगायतका सरकारले सूचिकृत ग¥यो तर सूचिकृत गरेकै आदिवासी जनजातिहरु पनि अघिल्लो जनगणनामा छुट्यो । अहिलेको जनगणनामा त्यसरी छुटाउनु हुँदैन भन्ने कुरा आग्रह गरेका छौँ । नेपालमा धेरै भाषा बोल्नेहरु छन् । कुनै भाषा एक जनाले बोल्छ भने त्यो एकजनाको पनि तथ्यांक लिइनुप¥यो । त्यो तथ्यांक लिएर सार्वजनिक गर्नुप¥यो । त्यो पनि छुटाउनु हुँदैन भनेर हामीले कुरा राखेका छौँ । हाम्रो संख्या घटाउँदै गएको छ राज्यले । विभिन्न कारणहरु देखाएर घटाउँदै गएको छ । अहिलेको जनगणनामा त्यसो गर्नु हुँदैन । विगतको जनगणनामा मगर, राई, गुरुङ, तामाङ, नेवार भित्रका पनि विभिन्न उपथरहरु हुन्छन् नि, जस्तो कि मगरभित्र थापा छन् । बुढाथोकी छन् । बुढाथोकी मात्रै गणना गर्दाखेरी, थापा मात्रै गणना गर्दाखेरी त्यो संख्यालाई मगरमा गनिएन । त्यो संख्यालाई क्षेत्रिमा गनियो या बाहुनमा गनियो । त्यस्तो गल्ती अहिलेको जनगणनामा दोहोरिनु हुँदैन ।’

अध्यक्ष बरामले आदिवासी जनजातिहरु विभिन्न धर्ममा आवद्ध रहेको भन्दै उनीहरुको जनसंख्या धेरै रहेको भएपनि जनगणनामा जबरजस्ती हिन्दु धर्मावलम्वीहरुको संख्या बढाउने गरिएको बताए । यस पटकको जनगणनामा आदिवासी जनजातिहरुले मान्ने धर्महरुको सम्बन्धमा यथार्थ रुपले गणना गरी सही तथ्यांक समेटिनुपर्ने उनले बताए ।

नेपालका विकट ठाउँसम्म घर–घरमै गणक पुग्नुपर्ने तथा स्थानीय लवज र भाषालाई बुझ्ने गणक सम्बन्धित ठाउँमा खटाउन उहाँले सरकारसमक्ष आग्रह गरे । अध्यक्ष बरामले भने – ‘यति धेरै आदिवासी जनजातिहरु छौँ । जति तथ्यांक देखाइएको छ धर्ममा, आदिवासी जनजातिहरुलाई उनीहरुले दिएको सही सूचनालाई गलत ढंगले टिपोट गरेर तथ्यांकमा गलत ढंगले राखेर जबरजस्त राज्यले हिन्दुहरुको संख्या बढाउने काम ग¥यो । त्यस्तो गल्ती २०७८ को जनगणनामा दोहोरिनु हुँदैन । भाषाको समस्या छ । लवजको समस्या छ । गणकको भाषा त्यहाँका जनताले नबुझ्न सक्छन् । त्यस्तो क्षेत्रमा त्यहीँको स्थानीय गणक बनाउनुपर्छ भन्ने कुरा सरकारले यसपाली पनि सुनेको छैन । एउटै जाति, भाषा, भेष, धर्महरुको मात्रै गणना गर्ने हो की भन्ने चिन्ता बढीराखेको छ ।’

Advertisement

आदिवासी जनजाति युवाहरुको ठूलो संख्या वैदेशिक रोजगारीमा रहेकाले उनीहरु गणनाबाट छुट्ने आशंका गर्दै अध्यक्ष बरामले विदेशमा बस्ने नेपालीको पनि छुट्टै ढंगले गणना गरिनुपर्ने बताए ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top