पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन

२५ कात्तिक, काठमाडौं ।

Advertisement

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रतिपक्षी दल नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ ।

अनेरास्ववियुले काठमाडौंको रत्नराज्य क्याम्पसको गेटअगाडि विरोध प्रदर्शन गरकेा हुन् । प्रदर्शनका क्रममा अनेरास्ववियुका विद्यार्थीले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् । सोक्रममा प्रहरीले बलसमेत प्रयोग गरेको छ ।

Advertisement

पटकपटक भाउ बढाएर जनताको ढाड सेकेको भन्दै तत्काल मूल्यवृद्धिको निर्णय फिर्ता लिन उनीहरूको माग छ ।उनीहरुले नाफा घाटा जान्दैनौं, मूल्यवृद्धि मान्दैनौं लगायतका नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

नेपाल आयल निगमले बुधबार राति खाना पकाउने ग्यासमा ७५ रुपैयाँ र डिजेल तथा पेट्रोलमा ३÷३ रुपैयाँ मूल्य बढाएको थियो । मूल्यवृद्धिको विरोधमा सत्तारुढ गठबन्धनमै रहेका दलका ६ विद्यार्थी संगठनले पनि आन्दोलन घोषणा गरेको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top