मालेको महाधिवेशन मङ्सिर २७ गतेदेखि चितवनमा हुने

२५ कात्तिक ७८, शुक्रबार

२५ कात्तिक, चितवन ।

नेपाल कम्युनिष्ट पार्टी (माले) को आठौँ राष्ट्रिय महाधिवेशन आउँदो मङ्सिर २७ गतेदेखि २९ गतेसम्म चितवनमा हुने भएको छ । नेकपा (माले) आठौँ राष्ट्रिय महाधिवेशन मूल समितिले आज नारायणगढमा पत्रकार सम्मलेन गरी यसबारे जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै पार्टीका स्थायी कमिटी सदस्य तथा मूल व्यवस्थापन समितिका संयोजक दिनानाथ घिमिरेले मङ्सिर २७ देखि नारायणगढको नारायणी कला मन्दिरमा मालेको राष्ट्रिय महाधिवेशन गरिने निश्चित भएको जानकारी दिए । उनका अनुसार मङ्सिर २७ गते १ बजे महाधिवेशनको उद्घाटन, २८ गते पार्टीका ८ वटा दस्ताबेजमाथि छलफल गर्ने र २९ गते नेतृत्व चयन र पार्टीका २० वटा विभागका पदाधिकारी सहित सदस्यहरूको चयन गरिने छ र सोही दिन घोषणा सभा हुनेछ ।

सो अवसरमा बोल्दै घिमिरेले अबको पार्टीको एजेण्डा पहिलेको भन्दा फरक रहने बताए । ‘देशमा अहिले चार खालका शक्ति रहेछन्, उनले भने , कम्युनिष्ट शक्ति, प्रजातान्त्रिक शक्ति, वामपन्थी एवं राष्ट्रवादी शक्ति र वैकल्पिक शक्ति , यी सबैसँग समन्वय र सहकार्य गरेर अघि बढ्नेछौँ ।’

नेपाल कम्युनिष्ट पार्टी पटक पटक फुट्ने र विघटन हुँदै आएको भन्दै उनले मालेले आगामी दिनमा चार शक्तिको समिश्रण गरी प्रगतिशील लोकतान्त्रिक शक्तिको निर्माण गर्ने लक्ष्य लिएको बताए ।

पार्टीका पोलिटव्युरो सदस्य भगवती घिमिरेले देशमा लोकतन्त्र आए पनि हालसम्म कुनै ठोस काम नभएको, जनताले परिवर्तन को अनुभव गर्न नपाएकोले महाधिवेशन पश्चात् मालेले आफ्नो स्पष्ट खाका तयार पार्ने बताइन्।

महाधिवेशनमा देशभरबाट ३५० जना प्रतिनिधि सहभागी हुने बताइएको छ । यसअघिको महाधिवेशन जस्तै आठौँ महाधिवेशनमा ७५ सदस्यीय केन्द्रीय कमिटी रहनेछ । महाधिवेशनको कुल खर्च २० लाख रुपैंया हुने अनुमान गरिएको र यसको श्रोत पार्टीका सदस्यको लेवी र स्वतःस्फूर्त सहयोगबाट गरिने स्थायी कमिटी सदस्य दिनानाथ घिमिरेले जानकारी दिइन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top