दूधकोसी नदी किनारमा सुक्खा पहिरो

२५ कात्तिक ७८, शुक्रबार

२५ कात्तिक, काठमाडाैँ ।

दूधकोसी नदी किनारमा सुक्खा पहिरो झरेको छ । ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–३ मा पर्ने दूधकोसी नदी किनारमा करिब दुई सातादेखि सुक्खा पहिरो झरेको हो । दूधकोसी करिडोर सडकको चुने भन्ने ठाउँ नजिकै सुरु भएको सुक्खा पहिरो करिब २० दिनदेखि झरेको उँबुका स्थानीयवासी हर्कबहादुर राईले बताउनुभयो । उहाँका अनुसार दसैँमा परेको भीषण वर्षा रोकिएपछि पहिरो सुरु भएको थियो । सो पहिरो हालसम्म अनुमानित २५० मिटरभन्दा अग्लो भएर झरिसकेको छ ।

एक साता अघिसम्म भीषण रूपमा झरेको पहिरो अहिले केही रोकिएको छ । तर, सानो परिमाणमा झर्ने क्रम रोकिएको छैन । पहिरोबाट झरेको ढुङ्गा, माटो सिधै दूधकोसीमा खसेका कारण नदीमा पानीको बहावसमेत केही मात्रामा रोकिएको छ । दूधकोसी करिडोरअन्तर्गत जयरामघाट–मोली सडक खनेकै ठाउँबाट पहिरो झर्न सुरु गरेको थियो । बेलाबेलामा ठूलो मात्रामा पहिरो खस्दा त्यसको धुलो उँबुको तल्लो भेग फकुलगाउँसम्म आइपुग्ने गरेको छ ।

पहिरोका कारण मानेभन्ज्याङ गाउँपालिका–६ मा पर्ने रिब्दोम गाउँको करिब १२ घर जोखिममा छन् । त्यसैगरी सोदु कुरुब्वामलुङ गाउँका स्थानीयवासी र विद्यार्थी विद्यालय जाने, अर्को गाउँ जाने बाटो नै बन्द भएको छ । खचापुलगायतका गाउँलेहरू जयरामघाट बजार जान एक घण्टाभन्दा बढी समय घुमेर पहिरोको शीरबाट जोखिमयुक्त बाटो प्रयोग गर्न बाध्य भएका छन् ।

पहिराबाट झरेको ढुङ्गा, माटोले दूधकोसी नदीको करिब २० प्रतिशत बहाव रोकेको जयरामघाटका स्थानीय मिलन राईले बताए । पानीको बहाव छेकेपछि नदीको पानी खोटाङको हलेसी तुवाचुङ नगरपालिकातर्फ पर्ने जङ्गल पसेर बग्न थालेको छ । यो ठाउँमा पहिले पहिरो खासै नभएकाले सडक खने कै कारण पहिरो सुरु भएको अनुमान गरिएको छ ।रासस

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top