×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

घट्यो वाणिज्य बैंकहरूको निक्षेप

२६ कार्तिक २०७८

२६ कार्तिक, काठमाडौं ।

यो साता वाणिज्य बैंकहरूले ४२ खर्ब ३८ अर्ब निक्षेप संकलन गरेको छ । यो अघिल्लो साताको तुलनामा ९ अर्बले कम हो ।

Advertisement
Advertisement

नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार कात्तिक महिनामा मात्रै २७ वाणिज्य बैंकहरूबाट ३१ अर्ब निक्षेप घटेको छ । असोज मसान्तसम्म यी बैंकहरूमा कुल ४२ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा कात्तिक १७ गतेसम्म आउँदा ४२ खर्ब ३८ अर्बमा झरेको छ ।

वाणिज्य बैंकहरूले स्वदेशी तथा विदेशी दुबै मुद्रामा यो निक्षेप संकलन गरेको हो । कात्तिकमा असोजको तुलनामा निक्षेप घटिरहेको छ । तर यहीं अवधिमा कर्जा प्रवाह भने बढेको छ । कात्तिक महिनामा मात्रै यी बैंकले थप २७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

नेपाल बैंकर्स एसोसिएसनका अनुसार असोज मसान्तसम्म कुल ३९ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा कात्तिक १७ गतेसम्म आउँदा ४० खर्ब २५ अर्ब पुगेको छ ।

कातिक महिनामा निक्षेप घट्दा बैंकहरूमा लगानी योग्य रकमको अभाव हुन थालेको छ । यसै क्रममा राष्ट्र बैंकले रिपोमार्फत २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाएको । बैंकहरूले राष्ट्र बैंकबाट ५१ अर्ब ८२ करोड रुपैयाँ सापटी सुविधा (एसएलएफ) पनि लिएका छन् ।

नेपाल राष्ट्र बैंकले कर्जा विस्तारलाई निरुत्साहित गर्ने लक्ष्यका साथ चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कर्जा निक्षेप ‘सीडी’ अनुपात कार्यान्वयनमा ल्याएपछि तरलता अभाव बढेको हो ।

राष्ट्र बैंकले विगतको कर्जा पुँजी निक्षेप ‘सीसीडी’ अनुपात हटाएर सीडी अनुपात कार्यान्वयनमा ल्याएपछि बैंकहरूलाई समस्या हुन थालेको थियो ।

राष्ट्र बैंकले अर्थतन्त्रमा उत्पादकत्व बढ्न नसकेको तथा बढ्दो आयातका कारण शोधान्तरस्थितिको घाटा बढेको एवं विदेशी मुद्राको सञ्चितिमा दबाब परेकाले कर्जा विस्तारमा नेपाल राष्ट्र बैंकले कडाइ गरेको हो ।

तरलता अभावको समस्या देखिन थालेपछि निक्षेप आकर्षित गर्नका लागि मुद्दतीको ब्याजदर बढाउने होडमा लागेका वित्तीय संस्थालाई राष्ट्र बैंकले यसअघि नै अंकुश लगाइसकेको छ ।

तरलता अभाव भएपछि अन्तर बैंक सापटी पनि लिन थालेका छन् । अहिले अन्तरबैंक ब्याजदर ४.९६ प्रतिशत पुगेको छ ।

तथ्यांकअनुसार विदेशी मुद्राको निक्षेप मात्रै २४ अर्बले घटेको छ । असोज मसान्तमा एक खर्ब ५१ अर्ब रहेको विदेशी मुद्राको निक्षेप कार्तिक १७ गते आइपुग्दा घटेर एक खर्ब २७ अर्बमा झरेको छ । जसले गर्दा आधा दर्जनभन्दा बढी बैंकको सीडी रेसियो ९० प्रतिशत नाघेको छ ।

कात्तिकको पहिलो साता वाणिज्य बैंकहरूबाट २० अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ भने दोस्रो साता २ अर्ब र तेस्रो साता ९ अर्ब रुपैयाँ बाहिरिएको छ ।

Advertisement
Advertisement

वाणिज्य बैंकहरूसँग तरलता अभाव हुँदा वाणिज्य बैंकहरूले कर्जा प्रवाह रोकेका छन् । कर्जा प्रवाह रोकेपनि पहिले नै प्रतिबद्धता व्यक्त गरिएका कर्जाको हकमा भने बैंकहरूले सानो रकम कर्जा प्रवाह गरिरहेको नेपाल बैंकर्स संघले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top