×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

अस्ट्रेलिया टी-२० विश्वकपको फाइनलमा

२६ कार्तिक २०७८

२६ कार्तिक, काठमाडौँ ।

अस्ट्रेलिया आइसीसी टी–२० विश्वकपको फाइनलमा पुगेको छ ।

Advertisement
Advertisement

विहीबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा अस्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको १७७ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १९ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

अस्ट्रेलियाका लागिडेभिड वार्नरले ४९ रन बनाए भने कप्तान एरोन फिन्च शुन्य, मिचेल मार्श २८, स्टेभन स्मिथ ५, ग्लेन म्याक्वेलले ७ रन बनाएका थिए । त्यसैगरी मार्कस स्टोनिसले अविजित ४० र म्याथ्यु वाडेले १७ बलमा अविजित ४१ रन बनाएपछि जीत सम्भव भएको हो । त्यसैगरी पाकिस्तानका बलर शडाब खानले ४ विकेट लिएका थिए भने शाहीन शाह अफ्रिदीले एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तानले अस्ट्रेलियालाई १७७ रनको लक्ष्य दिएको थियो । पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाउदै १७७ रन बनाएको हो ।

पाकिस्तानका लागि मोहमद रिजवानले सर्बाधिक ६७ रन बनाएका थिए । त्यस्तै कप्तान बाबर आजमले ३९ रन बनाए भने फखर जमानले अविजित ५५ रन जोडे । त्यस्तै आसिफ अली शुन्यमा आउट भए भने शोएब मल्लिक र मोहमद हाफिजले एक एक रन बनाएका थिए ।

Advertisement
Advertisement

त्यस्तै अष्ट्रेलियाका बलर मिचेल स्टार्कले २ विकेट लिए भने पाट कमिन्स र एडम जाम्पाले एक एक विकेट लिएका थिए । अब फाइनलमा अस्ट्रेलिया र न्यूजील्याण्ड खेल्ने छन् । फाइनल खेल आगामी आइतबार दुबइमा हुनेछ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top