लिचेस्टाइनलिचेस्टाइनको पोस्टमा जर्मनीको ९ गोल

२६ कात्तिक ७८, शुक्रबार
Share this
759shares

२६ कार्तिक, काठमाडौं ।

Advertisement

फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा जर्मनीले सानदार जित दर्ता गरेको छ। यसअघि नै विश्वकपमा छनोट भइसकेको जर्मनीले १० खेलाडीमा समेटिएको लिचेस्टाइनलाई ९–० गोल अन्तरले जित हात पारेको हो।

जर्मनीका लिरोए साने र थोमस मुलरले समान दुई÷दुई तथा इल्केए गुन्डोगान, मार्काे रिउस र रिड्ले बाकुले समान एक÷एक गोल गरेका थिए । जर्मनीले दुई गोल उपहार पाएको थियो।

Advertisement

भक्सवागन एरिना वल्फ्सवर्गमा बिहीबार राति सम्पन्न खेलमा लिचेस्टाइन नवौं मिनेटमा नै १० खेलाडीमा समेटिएको थियो। जेन्स होफेर रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।

त्यसमै प्राप्त पेनाल्टीमा इल्केए गुन्डोगानले गोल गर्दै जर्मनीको गोलको खाता खोलेका थिए। खेलको २०औं मिनेटमा ड्यानियल कोउफमानले आत्मघाती गोल गरेपछि जर्मनी २–० को स्थितिमा पुग्यो। २२औं मिनेटमा लिरोए सानेले गोल गर्दै जर्मनीको अग्रता तेब्बर बनाए भने त्यसको एक मिनेटपछि मार्काे रिउसले गोल गरेपछि जर्मनी पहिलो हाफमै ४–० को स्थितिमा पुग्यो।

Advertisement

खेलको ४९औं मिनेटमा लिरोए सानेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरे। ७६औं मिनेटमा थोमस मुलरले गोल गर्दै जर्मनीलाई ६–० को स्थितिमा पुर्याए। ८०औं मिनेटमा रिड्ले बाकुले गोल गर्दै जर्मनीलाई फराकिलो जिततर्फ अग्रसर गराए भने ८६औं मिनेटमा मुलरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि आठौं गोल गरे।

खेलको अन्तिम समयमा म्याक्सिमिलियन गोप्पेलले आत्मघाती गोल गरेपछि जर्मनीले ९–० को फराकिलो जित निकाल्न सफल भयो। जितपछि समूह ‘जे’ मा शीर्षस्थानमा रहेको जर्मनीको ९ खेलबाट २४ अंक पुगेको छ।
यही समूहको अर्काे खेलमा नर्थ म्यासेडोनियाले अर्मेनियालाई ५–० ले पराजित गरेको छ। नर्थ म्यासेडोनियाको जितमा इनिस बारदीले ह्याट्रिक गरे।

जितसँगै नर्थ म्यासेडोनिया ९ खेलबाट १५ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। पराजित अर्मेनिया १२ अंक जोडेर चौथो स्थानमा रहेको छ।

अर्काे खेलमा रोमानिया र आइसल्यान्डले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। यो बराबरीपछि रोमानिया ९ खेलबाट १४ अंक जोडेर तेस्रो स्थानमा झर्दा आइसल्यन्ड ९ अंक जोडेर पाँचौ स्थानमा रहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top