नेकपा (माले)को महाधिवेशन शनिबारदेखि

२५ कात्तिक ७८, शुक्रबार

२६ कार्तिक, काठमाडौं ।

नेकपा (माले)को आठौँ राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ। यही कात्तिक २७ गते (शनिबार)देखि २९ गतेसम्म चितवनको नारायणी कला मन्दिरमा महाधिवेशन हुन लागेको हो।

महाधिवेशन मूल व्यवस्थापन समितिले बिहीबार पत्रकार सम्मेलन गरी महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। समितिका संयोजक एवं मालेका स्थायी कमिटी सदस्य दीननाथ घिमिरेका अनुसार महाधिवेशनका लागि आवश्यक सबै प्रक्रिया पूरा भइसकेको छ।

मालेका महासचिव सिपी मैनालीद्वारा उद्घाटन हुने सो महाधिवेशनमा देशभरका ३५० प्रतिनिधि सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो। गत वैशाखमा गर्ने भनिएको महाधिवेशन कोरोना कहरका कारण सारिएको भन्दै उहाँले स्वास्थ्य मापदण्ड पालनाका लागि थोरै प्रतिनिधिका बीच महाधिवेशन गर्न लागिएको जानकारी दिए।

महाधिवेशनले ७५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्नेछ। सोही समितिले पोलिटब्यूरो सदस्य, स्थायी कमिटी र महासचिव निर्वाचित गर्नेछ।

महाधिवेशनमा नेपालको क्रान्तिको कार्यक्रम (नयाँ जनवाद), राजनैतिक प्रतिवेदन, नेपाल चिन्तन, मालेको सङ्गठनात्मक प्रस्ताव÷प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ। यस्तै महाधिवेशनबाट पार्टीको तत्कालीन कार्यनीति, अर्थनीति, राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रस्ताव, पार्टीको विधान (परिमार्जनसहित) पारित हुने उनले बताए।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top