नेकपा एमाले महाधिवेशन : बन्दसत्र होटल सेभेन स्टारमा

२५ कात्तिक ७८, शुक्रबार

२६ कात्तिक, चितवन।

Advertisement

नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको टुङ्गो लागेको छ। सौराहाको बाघमारा चौर वा अन्यत्र होटलका विषयमा छलफलपछि होटल सेभेन स्टार परिसरमा हुने टुङ्गो लागेको हो।

होटलमा बन्दसत्रका लागि पर्याप्त हल नभएपछि होटल परिसरमा रहेको खुल्ला ठाउँमा डोम निर्माण गरी हलको व्यवस्था गर्न लागिएको छ। महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक तथा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेका अनुसार होटलका हल र परिसरमा निर्माण गरिने डोमलाई महाधिवेशनमा आवश्यकताअनुसार प्रयोग गरिने छ। सो होटलमा एक हजार जना क्षमताको ठूलो एक र साना दुई वटा हलसमेत रहेका छन् । सौराहामा ठूला हल भएको होटलका रूपमा यसलाई चिनिन्छ।

Advertisement

मङ्सिर १० गते नारायणी नदी किनारमा उद्घाटन सत्र गर्ने यसअघि नै निर्णय भएको छ। बन्दसत्र र नेतृत्व छनोटका काम सौराहाबाट हुनेछ। यी दुवै ठाउँको बिहीबार मात्रै पार्टी महासचिव ईश्वर पोखरेलसहित केन्द्रीय नेताले स्थलगत निरीक्षण गरेपछि बन्दसत्र गर्ने ठाउँको टुङ्गो लागेको हो।

एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार महाधिवेशन प्रतिनिधिलाई सौराहामा बस्ने व्यवस्था मिलाइएको छ। सौराहाका तीन हजार ५०० शय्याका लागि होटल व्यवसायीसँग कुराकानी भइरहेको रावलले जानकारी दिए। क्षेत्रीय होटल सङ्घ (हान) सौराहा र रेष्टुराँ एण्ड बार एशोसिएशन (रेवान) बीच आवासीय सुविधाका लागि छलफल तीव्र पारिएको छ।

Advertisement

एमालेको बन्दसत्रमा एक हजार ९९९ प्रतिनिधि सहभागी हुनेछन्। तीमध्ये एक हजार ७५० जना जिल्ला जिल्लाबाट छनोट हुनेछन्। महाधिवेशनको उद्घाटनसत्रमा पाँच लाखभन्दा बढी जनता सहभागी गराइने तयारी एमालेले गरेको छ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top