पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध अनेरास्ववियूले निकाल्यो मसाल जुलुस

२६ कात्तिक, काठमाडौं ।

Advertisement

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले  मसाल जुलुस निकालेको छ । एमालेनिकट  अनेरास्ववियूले शुक्रबार साँझ त्रिचन्द्र क्याम्पसअगाडि मसाल जुलुश निकालेकाे हाे ।

हिजोदेखि देशव्यापी रुपमा आन्दोलन थालेको अनेरास्ववियुले अविलम्ब मूल्यवृद्धि फिर्ता लिन चेतावनी दिएकाे छ । मूल्यवृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी राखिने अनेरास्ववियुका महासचिव समिक बडालले जानकारी दिएका छन् ।

Advertisement

अनेरास्ववियूले निरन्तर रुपमा भइरहेको मूल्य वृद्धिलाई अत्याचारको पराकाष्ठ भन्दै भनेको छ, ‘यस्ता जनविरोधी कदमको अनेरास्ववियू घोर भत्सना गर्दै श्रृंखलाबद्ध रुपमा भइरहेको मूलय वृद्धि तत्काल खारेज गर्न जोडदार माग गर्दछ ।’

नेपाल आयल निगमले बुधबार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ तथा खाना पकाउने एलपी ग्याँसमा प्रतिसिलिण्डर ७५ रुपैयाँले मूल्य बढाएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top