सकारात्मक प्रभाव पर्ने क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

२६ कात्तिक ७८, शनिबार

२७ कात्तिक, काठमाडौँ ।

Advertisement

अर्थमन्त्री जनार्दन शर्माले बैङ्क तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको खास प्रतिफल नदेखिएकोले सकारात्मक प्रभाव पर्ने क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन्।

अर्थ मन्त्रालयमा शुक्रबार नेपाल राष्ट्र बैङ्कका गभर्नरसहित २७ वटा वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृतसँगको छलफलमा अर्थमन्त्री शर्माले कर्जा प्रवाह भए अनुसारको आर्थिक वृद्धि हुन नसकोले त्यसमा सुधार गर्नुपर्नेमा जोड दिए ।

Advertisement

ठूला व्यवसायीले उपभोग गरेको कर्जाको प्रतिफलका बारेमा आम रुपमा चर्चा भइरहेको बेला अर्थमन्त्रीले तरलताको अभाव भएको भए साना तथा मझौला कर्जामा ध्यान दिन आग्रह गरे ।

उनले मुलुकको आवश्यकता, सरकारको चाहना अनुसारको आर्थिक गतिविधि अगाडि बढाउन तयार रहेको र सोही अनुसारको नीतिगत व्यवस्था गरिएको भन्दै बैङ्क तथा वित्तीय संस्थाका समस्या समाधान गर्न राष्ट्र बैङ्कलाई आग्रह समेत गरे ।

Advertisement

छलफलमा नेपाल बैङ्कर्स सङ्घका अध्यक्ष अनिल उपाध्यायले तरलता अभावका कारण तत्कालका लागि ठूला भनिएका कर्जा रोकेर साना कर्जामा ध्यान दिनुपर्ने अवस्था आएको बताए ।

बैङ्क तथा वित्तीय संस्थामा तरलताको अभाव देखिएपछि त्यसको समाधान गर्ने उद्देश्यले अर्थ मन्त्रालयले छलफल गरेको जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top