विश्वकप छनाेट: केनको ह्याट्रिकमा इंग्ल्यान्डको सानदार जित

विश्वकप छनाेट: केनको ह्याट्रिकमा इंग्ल्यान्डको सानदार जित

२७ कात्तिक, एजेन्सी ।

कप्तान ह्यारी केनको ह्याट्रिक मद्दतमा इंग्ल्यान्डले फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा सानदार जित निकालेको छ ।

घरेलु मैदानमा शुक्रबार राती भएकाे खेलमा इंग्ल्यान्डले अल्वानियामाथि ५–० को सानदार जित निकाल्दै विश्वकपमा सोझै छनोट हुने सम्भावना बलियो बनाएको हो । ह्यारी मगाएर र जोर्डन हेन्डरसनले पनि गोल थपे । सबै पाँच गोल पहिलो हाफमा सम्भव भएको थियो ।

वेम्वली स्टेडियममा शुक्रबार राति भएको खेलमा घरेलु टोलीले खेलको नवौं मिनेटमा ह्यारी मगाएरको गोलबाट अग्रता लिएको थियो । उनले रिस जेम्सको पासमा गोल गरेका थिए । १८औं मिनेटमा ह्यारी केनले जोर्डन हेन्डरसनको पासमा गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर पारे ।

२८औं मिनेटमा जोर्डन हेन्डरसनले केनको पासमा गोल गरेपछि इंग्ल्यान्ड खेलमा ३–० ले अघि बढ्यो । ३३औं मिनेटमा केनले रहिम स्टर्लिङको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा केनले फिल फोडेनको पासमा ह्याट्रिक पुरा गरेपछि इंग्ल्यान्डले पहिलो हाफमै ५–० को आरामदायी अग्रता लिन सफल भयो । दोस्रो हाफमा थप गोल निस्कन नसक्दा पहिलो हाफको गोल नै इंग्ल्यान्डको जितमा पर्याप्त बन्यो ।

यो जितपछि इंग्ल्यान्ड समूह ‘आई’ मा ९ खेलबाट २३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । अब इंग्ल्यान्डलाई विश्वकपमा सोझै छनोट हुन १ अंकको खाँचो छ । इंग्ल्यान्डले छनोटको अन्तिम खेलमा सान मारिनोसँग सोमबार राति खेल्दैछ । पराजित अल्वानिया भने १५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.