कांग्रेस १४औँ महाधिवेशनः नीतिगत बहसभन्दा नेतृत्वकै चर्चा

२६ कात्तिक ७८, शनिबार

काठमाडौं: नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नेतृत्वमा आउन पार्टीका नेताहरूले निर्वाचन सरगर्मी तीव्र बनाए पनि पार्टीले लिने नीतिगत निर्णयका विषयमा अहिलेसम्म बहसको प्रारम्भ हुन सकेको छैन ।

केन्द्रीय महाधिवेशन आउन एक महिनाभन्दा कम समय बाँकी रहे पनि महाधिवेशन हुँदै निर्वाचनमा जनताका बीचमा जाँदा लिने नीतिगत मुद्दाका विषयमा पार्टीको केन्द्रीय समितिमा छलफल प्रारम्भ नै गरिएको छैन ।

महाधिवेशनको पूर्वसन्ध्यामा आफ्नो पक्ष बलियो बनाउन विभिन्न समूहगत बैठक, लन्च तथा डिनर मिटिङ दैनिकजसो चलिरहे पनि पार्टीले तय गर्नुपर्ने राजनीतिक, आर्थिक, साङ्गठनिक नीतिका विषयमा भने नेताहरूको ध्यान नै पुग्न सकेको छैन ।

पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महत पार्टीको आसन्न केन्द्रीय समिति बैठकले महाधिवेशनका लागि आवश्यक नीतिगत पक्षमा निर्णय लिने विश्वास व्यक्त गरे। महाधिवेशनमा नीति र नेतृत्व दुवैको निर्वाचन एकै पटक भएकाले धेरैको ध्यान नेतृत्व चयनमा पुग्ने भएकाले नीतिगत बहस ओझेलमा पर्ने उनको भनाई छ ।

यस पटक पनि विगतजस्तो राजनीतिक, आर्थिक साङ्गठनिक सबै खालको प्रतिवेदन पार्टीले तयार पारी महाधिवेशनमा प्रस्तुत गरिने उनको भनाई रहेको छ।,याे समाचार आजको गोरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top