NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन्  शुक्रबार साउन ९ , २०८२
Next
Prev

समाचार

देउवा र पौडेल खेमामा साझा उम्मेदवारको सम्भावना न्यून

शनिबार कार्तिक २७ , २०७८
Reading Time: 1 min read
A A
विवाद समाधानका लागि कांग्रेसमा सुरु भयो शीर्ष सम्वाद
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

काठमाडौं: नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि छैटौं पटक तोकिएको मिति आउन एक महिना बाँकी रहँदा संस्थापन र इतर पक्षका नेताहरू आआफ्नो तर्फबाट साझा उम्मेदवार बनाउने प्रयासमा जुटेका छन्।

दुवै समूहमा नेतृत्वका आकांक्षी बढेपछि सभापति शेरबहादुर देउवा र इतर पक्षका नेता रामचन्द्र पौडेल आआफ्नो पक्षमा सहमति जुटाउन लागिपरेका छन्। तर पछिल्लो पटक निर्धारित महाधिवेशन मिति नजिकिँदै गर्दा संस्थापन र इतर समूहबाट सभापतिमा एकएकमात्र उम्मेदवार बन्ने सम्भावना न्यून बन्दै गएको छ।

वर्तमान सभापति शेरबहादुर देउवा १४औं महाधिवेशनमा पनि नेतृत्वमा दोहोरिने पक्षमा छन्। देउवा सोही अनुसारको तयारीमा जुटिरहे पनि उनी निकट उपसभापति विमलेन्द्र निधि पनि सभापतिको उम्मेदवार बन्ने गृहकार्यमा छन्।

संस्थापन पक्षकै पूर्वउपसभापति गोपालमान श्रेष्ठले पनि महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने बताउँदै आएका छन्। योसँगै संस्थापन पक्षबाट सभापतिमा तीन आकांक्षी देखिएका छन्।डेढ वर्षअघिसम्म भने संस्थापन पक्षबाट देउवा साझा उम्मेदवार बन्ने नेता तथा कार्यकर्ताको बुझाइ थियो।

निधिले १३औं महाधिवेशनमा देउवालाई सभापति बनाउन आफूले सहयोग गर्ने र १४औं महाधिवेशनमा आफूलाई देउवाले सघाउने समझदारी भएको निकटहरूसँग बताउँदै आएका छन्। उनले २०७७ साउन २९ गते सभापति देउवालाई भेटी पूर्वसहमति अनुसार महाधिवेशनबाट आफूलाई सभापति बन्न सहयोग गर्न भनेका थिए। तर देउवाले थप एक कार्यकाल नेतृत्वमा दोहोरिने इच्छा व्यक्त गर्दै निधिलाई १५औं महाधिवेशनबाट पार्टी नेतृत्व लिनेगरी तयारी थाल्न सुझाएका थिए।

१५औं महाधिवेशनमा उमेरका कारण पनि आफू ‘फिट’ नहुने भन्दै निधिले सभापतिमा उम्मेदवारी दिनेगरी छलफल र तयारी तीव्र बनाएका छन्। एकअर्कालाई नजिकबाट बुझेका देउवा र निधि दुवैले आपसी सहयोगबिना पार्टी नेतृत्वमा टिक्न र पुग्न सकिन्न भन्ने राम्रोसँग बुझेको निकट एक नेताले बताए।

सोही अनुसार देउवा निकट पदाधिकारीहरू बिहीबार छलफलमा जुटेको दाबी गर्दै ती नेताले भने,‘सहमतिका लागि अहिले पनि प्रयास जारी छ।’ तर बिहीबारको भेटमा पनि देउवा र निधिले डेढ वर्षअघिकै अडान दोहोर्‍याएका छन्।देउवाले आगामी महाधिवेशनमा आफूलाई सभापतिमा सहयोग गर्न निधिसँग प्रस्ताव गरेका थिए।

तर निधिले उल्टै आफूलाई सभापतिमा सघाउन देउवालाई अनुरोध गरे।‘सभापतिमा उठ्ने तयारी गरिरहेको छु।यो पटक मलाई सघाउनुहोला,’निधिले देउवालाई राखेको प्रस्ताव उद्धृत गर्दै स्रोतले भन्यो,‘तपाईंले पहिले नै वचन दिनुभएकै हो। मलाई तपाईंको सहयोग आवश्यक छ।’ जबाफमा देउवाले भनेका थिए,‘अहिले तपाईं नउठ्नु, मलाई मद्दत गर्नु।

१५औं महाधिवेशनमा तपाईं नै सभापतिको उम्मेदवार हो।’ निधिले आफू १५औं महाधिवेशनमा नभएर अहिले नै सभापतिमा उठ्ने तयारी गरेको बताएपछि देउवाले ‘उठ्ने र नउठ्ने भन्ने त तपाईंको अधिकारको कुरा हो’भन्दै शुभकामना दिएको निकट स्रोतको दाबी छ।

निधिकै सहयोगमा पुनः नेतृत्वमा दोहोरिने देउवाको चाहना र देउवाको साथ लिएर सभापतिको उम्मेदवार बन्ने निधिको चाहना छ। तर महाधिवेशन सुरु हुन एक महिना बाँकी रहँदा भएको दुई नेताबीचको भेट सकारात्मक नदेखिएको निकटहरूको दाबी छ। दुवै आआफ्नो अडानमा कायमै रहेको जनाउँदै निकट एक नेताले भने, ‘बिहीबारको भेटपछि कुरा सुन्दा दुवै नेता आआफ्नो ढंगबाट अघि बढ्ने देखिन्छ।’

देउवा र निधि एक ठाउँमा हुँदा पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई समेटेर अघि बढ्न धेरै समस्या नहुने संस्थापन पक्षका नेताहरूको बुझाइ रहेको छ।,याे समाचार आजको नागरिक दैनिकमा छापिएकाे छ ।

लोकप्रीय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

विचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

थप समाचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक
ताजा समाचार

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

World News: २८० सवार जहाजमा भीषण आगलागी, खामेनीका दूत र पुटिनको वार्ता || Nepal Times

00:15:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

हालका पोस्टहरू

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.