निरीक्षण गर्ने पूर्वाधारबिनै इम्बोस्ड नम्बर प्लेट जडान

२६ कात्तिक ७८, शनिबार

काठमाडौं: यातायात व्यवस्था विभागले नियमन तथा निरीक्षण गर्ने आवश्यक पूर्वाधार तयार नगरी आगामी मंसिर १ गतेदेखि नयाँ सवारीसाधन दर्तामा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरी मंसिर १ देखि नयाँ दर्ता हुने सवारीसाधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने व्यवस्था गरेको हो।

सरकारले पहिलो चरणमा वाग्मती,गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशमा सार्वजनिक सवारीसाधन,पर्यटन सवारी,निजी सवारी,सरकारी र संस्थानका सवारीसाधन नयाँ दर्ता गर्दा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने बताएको छ।तर प्रदेश १ र २ को अहिलेसम्म नामकरण नभएकाले तत्कालै इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको छैन।

सवारीसाधन नामसारी गर्नेले भने आगामी फागुन १ गतेदेखि इम्बोस्ड नम्बर जडान गर्नुपर्नेछ। त्यस्तै सवारी दर्ता प्रमाणपत्र नवीकरण गर्नेले भने आगामी जेठ १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने कानुनी बाध्यता बनाइएको छ।

विभागले इम्बोस्ड नम्बर प्लेट प्रयोगमा ल्याउन आवश्यक प्रविधि र उपकरण एवं सञ्चालनको पूर्व तयारीका लागि आवश्यक पर्ने डाटा सेन्टर,कन्ट्रोल रुम, स्टेलाइट कनेक्सन, आरएफआइडी स्टिकर, रिडएबल डिभाइस र टावरलगायत पूर्वाधार भने तयार पारेको छैन।

विभागले सवारीसाधन अनुगमन र निरीक्षणका लागि उपत्यकामा थानकोट,फर्पिङ,जगाती,जोरपाटी र नागार्जुन तथा उपत्यकाबाहिर मुख्य पाँच स्थानमा गरी १० स्थानमा ‘आरएफआइडी’ स्टेसन बनाउने योजना घोषणा गरेको थियो तर अहिलेसम्म यी इम्बोस्ड नम्बर प्लेट जडान कार्यबाहेक अन्य निरीक्षण तथा अनुगमनको पूर्वाधार निर्माण भइसकेको छैन।

विभागका प्रवक्ता लोकनाथ भुसालले सवारीसाधनमा इम्बोस्ड नम्बर जडानमा भने कुनै समस्या नरहेको दाबी गरे।‘आरएफआइडी स्टेसन बनाउने कार्य अझैसम्म सुरु भएको छैन,’उनले भने,‘धेरै सवारीसाधनले इम्बोस्ड नम्बर जडान गरेसँगै राख्नेछौं र आरएफआइडी स्टेसनलगायत पूर्वाधार तयार पार्नेछौं।’प्रवक्ता भुसालले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरेसँगै अन्य पूर्वाधारको पनि विकास गरिँदै लैजाने बताए।‘सबैभन्दा पहिला त सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्‍यो,’उनले थपे, ‘इम्बोस्ड नम्बर प्लेट जडान भएसँगै अन्य पूर्वाधार बन्दै जानेछन्।’ उनले एक वर्षभित्रै आवश्यक सबै पूर्वाधार तयार भइसक्ने दाबी गरे।

विभागले पाँच वर्षभित्रै २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने लक्ष्य राखेको छ। ठेक्का सम्झौता अनुसार पाँच वर्षभित्रै इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्नेमा अब साढे दुई वर्ष मात्रै बाँकी छ। तर अहिलेसम्म करिब आठ हजार सवारीसाधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान भइसकेको छ।,याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top