जलवायु असरबारे अध्ययन गर्न अमेरिका, बेलायत र अष्ट्रेलियाली राजदूतले नेपाल घुम्ने

२६ कात्तिक ७८, शनिबार

२७ कात्तिक, काठमाडौं ।

Advertisement

नेपालमा जलवायु संकटको असरबारे अध्ययन गर्न तीन शक्ति राष्ट्रका राजदूतले संयुक्तरुपमा नेपाल भ्रमण गर्ने भएका छन् ।

अमेरिकी राजदूत र्‍यान्डी बेरी, बेलायती राजदूत निकोला पोलिट र अष्ट्रेलियाली राजदूत फेलिसिटी भल्कले नेपालका प्रमुख पर्यटकीय थलोहरु घुम्न लागेकाे अमेरिकी दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएकाे छ । विज्ञप्तिमा भनिएकाे छ, ‘जलवायू परिवर्तन तथा यसले हिमाली क्षेत्रका बासिन्दाहरु तथा वातावरणमा पारेको असरी लगायतका कुरा थाहा पाउन तीनजना राजदूत संयूक्त भ्रमणमा निस्कने तयारीमा हुनुहुन्छ ।’

Advertisement

राष्ट्रसंघीय जलवायू सम्मेलन कोप-२६ अध्यक्ष मुलुक बेलायत, अष्ट्रेलिया र अमेरिकाले जलवायू चुनौतिसँग लड्न नेपाललाई जलवायू लगानी गर्ने समेत प्रतिबद्धता जनाएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top