×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

अफगानिस्तानमा ७५ प्रतिशत छात्रा विद्यालय फर्केको विदेश मन्त्रीको दाबी

२७ कार्तिक २०७८

२७ कात्तिक, इस्लामावाद ।

अफगानिस्तानमा गठन भएको तालिबान सरकारले बालिकाहरुलाई पनि फेरि विद्यालय जाने वातावरण बनाइसकिएको दाबी गरेको छ । अन्तरिम तालिबान सरकारका विदेशमन्त्री अमिर खान मुत्ताकीले ७५ प्रतिशत छात्रा विद्यालय फर्किसकेको दाबी गरेका हुन्।

Advertisement
Advertisement

तालिबान सरकारले छात्रालाई विद्यालय जान नदिएको भन्दै आलोचना भइरहेका बेला उनले सरकारले छात्रालाई विद्यालय जान दिएको स्पष्ट पारेको जनाइएको छ । तत्कालिन तालिबान विद्रोही समूहले गत अगस्टमा सत्ता कब्जा गरेपछि केही समय बालिकाहरुलाई विद्यालय जान नदिएको कुरा भने तालिबान नेताहरुले पनि स्विकार गरेका थिए ।

महिलाहरुले रोजगारी गर्न नहुने, सार्वजनिक ठाउँमा जादाँ कम्तीमा एक जना पारिवारिक पुरुष सदस्यसँग जानु पर्ने, विद्यालयमा पनि छुट्टै कोठामा बस्नुपर्ने, लगायतका नियम लगाएका थिए । तालिवान नेताहरुले यो नीतिको विश्वभरीबाट आलोचना र विरोध भएपछि अहिले उनीहरु लचक भएको देखिएको छ ।

तालिवान सरकारले अघिल्लो कार्यकालमा पनि महिलाहरुको स्वतन्त्रता कुण्ठीत गरेको भन्दै धेरै देशहरुले पहिले देखि नै तालिवान सरकारप्रति आशंका गर्दै आएका छन् । अन्य देशहरुले अशंका र असहयोग गरिरहेपछि त्यसलाई न्युनिकरण गर्न भन्दै पाकिस्तानमा विभिन्न देशका कुटनीतिज्ञ र अफगानिस्तानका विदेशमन्त्री बीचको बैठक भएको छ ।

त्यही बैठकका लागि अफगान विदेश मन्त्री पाकिस्तान आएका हुन् । अफगानिस्तानको तालिबान सरकारको तर्फबाट पहिलो विदेश भ्रमणका रुपमा उनी पाकिस्तान आएका छन् । पाकिस्तान भ्रमणका क्रममा उनले अफगानिस्तानका लागि अमेरिकाका विषेश दूत थोमस वेस्टसँग पनि भेटवार्ता गरेका छन् ।

तालिबान सरकारका प्रमुख नेता तथा विदेशमन्त्री मोताक्वी नेतृत्वको उच्चस्तरीय अफगानी टोली औपचारिक भ्रमणका लागि बुधबार बेलुका इस्लामावाद पुगेको हो ।पाकिस्तानमा गत बिहीबार अमेरिका, चीन, रुस र पाकिस्तानका कुटनीतिज्ञहरुसँगै उहाँको बैठक भएको छ । बैठक अफगानिस्तानको अवस्थाका बारेमा छलफल गर्न बोलाइएको थियो।

Advertisement

तालिवान सरकारप्रति आशंका व्यक्त गर्दै असहयोगको नीति लिएको अमेरिका र तालिवान सरकारप्रति निकै सकारात्मक र सहयोगी हुदै आएका चीन, रुस र पाकिस्तानका प्रतिनिधिहरु बैठकमा सहभागी भएका थिए ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top