×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

छाङ्गरु र तिंकरमा जनगणना कहिले रु भारतीय बाटो हिँड्न नपाएपछि गणक गाउँ पुग्नै पाएनन्

२८ कार्तिक २०७८

२८ कार्तिक, दार्चुला ।

२५ कात्तिकदेखि मुलुकभर जनगणना भइरहेको छ । तर, दार्चुलाको ब्यास गाउँपालिका–१ मा नेपालको क्षेत्र भएर जाने बाटो नभएपछि जनणना सुरु गर्न सकिएको छैन ।

Advertisement
Advertisement

ब्यास गाउँपालिका–१ मा पर्ने पाँच गाउँहरू कुटी, नाभी, गुञ्जी, तिंकर र छाङरूमध्ये कुटी, नाभी र गुञ्जी गाउँ भारतले अतिक्रमण गरेको छ । भारतले अतिक्रमण गरेकाबाहेक तिंकर र छाङरू गाउँमा नेपालको प्रशासनिक अधिकार कायम छ ।

अतिक्रमित क्षेत्रको समेत बैक्लपिक विधिबाट जनणना गर्ने दाबी तथ्यांक विभागले गरिरहेका बेला अतिक्रमित क्षेत्र नजिकका नेपालकै प्रशासनिक अधिकार कायम रहेका गाउँमा समेत जनणना हुन सकेको छैन ।

ती गाउँमा जान नेपालको भूगोल भएर बाटो नभएका कारण भारतीय प्रशासनसँंग अनुमति लिनुपर्ने बाध्यता छ । तर, गणकलाई सो क्षेत्रमा जानका भारतीय प्रशासनले अनुमति नदिएको जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले जानकारी दिए ।

दार्चुलाका ९ वटा स्थानिय तहका ६१ वटै वडामा जनणनाका लागि १ सय ८३ जना गणक खटाइएको छ । जिल्लाका अन्य वडामा जनगणनाका लागि २३ कात्तिकमा नैै गणक खटाइएको थियो ।

ब्यास गाउँपालिका–१ का गाउँहरू तिंकर र छाङरुमा जनगणनाको जिम्मेवारी पाएका राजेन्द्र कार्कीलाई भारतीय बाटो प्रयोग गर्न भारतीय प्रशासनले हाल सम्म अनुमति नदिएपछि गणना हुन नसकेको हो ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढ जिल्ला अन्र्तगतको धार्चुला तहशिलका उपजिल्ला अधिकारीलाई गणकले भारतीय बाटो प्रयोग गर्नका लागि अनुमति मागेको भए पनि हालसम्म उक्त पत्रको कुनै जवाफ नआएको जनगणना कार्यालय दार्चुलाका प्रमुख पाण्डेको भनाइ छ ।

भारतको धार्चुला तहशिल अन्र्तगत छियालेक क्षेत्रबाट भारतले नोटिफाइड क्षेत्र घोषणा गरको छ । नोटिफाइड क्षेत्रमा विदेशी नागरिकले प्रबेश गर्नका लागि भारतीय प्रशासनको अनुमति आवश्यक हुन्छ । छियालेकबाट करिब ५ किलोमिटर उत्तरी क्षेत्रमा नेपाली गाउँ छाङरू जाने महाकाली नदीमाथि काठको पुल छ । उक्त नाकालाई सीतापुल भनिन्छ ।

ब्यास क्षेत्रमा भ्रमणमा जाने अन्य नागरिकलाई भारतीय प्रशासनले अमुति दिइरहे पनि गणकलाई भने अनुमति दिन भारतीय प्रशासनले अल्मल्याइरहेको छ । ‘सुरुमा बाटो अवरुद्ध छ, बाटो खुलेपछि अनुमति दिन्छौ भनेर जवाफ आएको थियो । तर, बाटो अवरुद्ध छैन, अरुले अनुमति पाइरहेका पनि छन् । गणकले अनुमति पाएका छैनन्,’ जनगणना अधिकारी पाण्डेले भने ।

बिहीबार भारतको धार्चुला प्रशासनलाई छाङरू र तिंकरमा जनगणनाका लागि गणक भारतीय बाटो भएर जाने भएकाले सहजीकरणका लागि पत्राचार गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट जोशीले बताइन् ।

Advertisement

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top