नेपालमा थपियो अन्तर्राष्ट्रिय चेन ब्रान्ड हायात प्लेस, सोमबारदेखि सञ्चालन हुँदै ‘हायात प्लेस काठमाडौं’

२७ कात्तिक ७८, आइतबार

२८ कार्तिक, काठमाडौं ।

Advertisement

कोरोना भाइरस (कोभिड–१९) संक्रमणकैबीच नेपालमा पाँचतारे होटलमा अन्तरराष्ट्रिय चेन ब्रान्ड ‘हायात प्लेस’ थपिएको छ। व्यवसायलाई विविधीकरण गर्दै आएको गोल्यान समूहको लगानीमा काठमाडौंको सोल्टीमोडमा ‘हायात प्लेस काठमाडौं’ सञ्चालनमा आएको हो।

पाँच तारेस्तरको उक्त होटल सोमबारदेखि औपचारिक रुपम सञ्चालनमा आउँदै छ। होटलमा हालसम्म ५ अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको ग्रूपका अध्यक्ष पवन गोल्यानले बताए।

Advertisement

कोरोना भाइरस संक्रमण घट्दो क्रममा रहेसँगै पर्यटक आगमन बढ्न थालेकाले होटल सञ्चालनमा ल्याएको उनको भनाइ थियो। चेन ब्रान्ड भएको हुँदा विदेशी पर्यटक लक्षित भए पनि स्वदेशीलाई पनि उत्तिकै प्राथमिकता दिइने उनले बताए।

१४ तले होटलमा १५३ कोठा छन् भने रेस्टुराँ, बैंक्वेट, स्पा, फिटनेस सेन्टर, स्वीमिङ पुललगायत सभाहलसमेत रहेका छन्।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top