×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

ऐतिहासिक विराटनगर जुटमिल्स विवादको भूमरीमा,संचालक समिति अध्यक्षको विवाद छताछुल्ल

२२ श्रावण २०७५

विराटनगर,साउन २२
विराटनगर जुटमिल्स संचालक समिति अध्यक्षको विवाद सतहमा आएको छ । जुटमिल्सको आधिकारिक अध्यक्ष दाबी गर्दै पक्ष–विपक्षले वक्तव्यबाजी र पत्रकार सम्मेलन गरेपछि विवाद छताछुल्ल भएको हो ।

गत साउन १६ गते अध्यक्ष वसन्त वनले पत्रकार सम्मेलन गरी मुकुन्दप्रसाद नेपाल पक्षमाथि विभिन्न दोषारोपण गरेका थिए । त्यसको झण्डै १ हप्तापछि मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफू अध्यक्ष रहेको दाबी गर्दै मुकुन्द नेपाल पक्षधरले वनमाथि विभिन्न आरोप लगाएको छ । पत्रकार सम्मेलनमा बोल्दै जुटमिल्सका संचालक समिति सदस्य फूलकुमार लालबानीले गत वैशाख २० गतेदेखि नै वसन्त वन पदमा नरहेको भए पनि जालसाँजी र किर्ते गर्न थालेको आरोप लगाए ।

Advertisement
Advertisement

नेपाल पक्षले सरकारको शेयर ६८ प्रतिशत कायम भइनसकेको जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै लालबानीले भने जुटमिलको कुनै पनि पदमा नरहेको मानिसले ६८ प्रतिशत शेयर कायम गरे भन्नु अचम्मित कुरा हो । उनले भने प्रक्रियामा नआइसकेको कारण सरकारको शेयर अझै ४८ प्रतिशत मात्रै रहेको छ । नेपालसहित, पूर्वअध्यक्ष निलहरि काफ्ले र लालबानीले गरेको पत्रकार सम्मेलनमा जुटमिल्सको आधिकारिक सञ्चालक समिति अध्यक्ष मुकुन्दप्रसाद नेपाल रहेको दाबी पनि गरिएको छ ।

जुट मिल्सको बिराटनगरस्थित ६७ विघा र झापाको दमक लगायतका ठाउँमा गरी कूल ६८ विघा जग्गा छ । नयाँ र पुराना गरी दुईवटा मिल र दुर्लभ मानिएको जेनेरेटरसमेत अलपत्र अवस्थामा छन् । मिल्सको हाल ५ अर्ब बढी रुपैयाँको दायित्व तिर्न बाँकी छ । मिल्समा रहेका करिब १० करोड बढीका मेसिन तथा मेसिनरी पार्टपूर्जा अबैध रुपमा बिक्री भइसकेका छन् ।

मिल्सको कूल ९३ हजार ७ सय ५० कित्ता सेयरमध्ये सरकारको ३१ हजार २३ र सर्वसाधारणको ६२ हजार ७ सय २७ कित्ता सेयर रहेको छ । तर, अहिले सरकारको सेयर ६८ प्रतिशत र्पुयाइएको एक पक्षको दाबी छ । सञ्चालक समितिले साधारण सभाबाट गरेको निर्णय अनुसार नेपाल सरकारका नाममा ६८ प्रतिशत सेयर कायम भएको बताइएको छ ।

सञ्चालक समितिका अध्यक्ष दाबी गर्ने बसन्त बनले मिल्समा सरकारको ६८ प्रतिशत सेयर कायम गरेर कम्पनी रजिष्ट्रारको कार्यालयमा अभिलेखीकरणका लागि पठाइसकिएको बताए । उनले मिल्सको कूल १ लाख ११ हजार ६ सय ७९ कित्ता सेयरमध्ये सरकारको ६८ प्रतिशत ७६ हजार ४० कित्ता कायम गरिएको जानकारी दिए । मिल्सको अधिकृत पूँजी २ करोड, जारी पुँजी १ करोड ८० लाख र चुक्ता पुँजी १ करोड ७८ लाख ७० हजार २ सय ४० रुपैयाँ कायम भएको दाबी बनको छ ।

Advertisement
Advertisement

जुटमिलको विवाद सञ्चालक सदस्यहरुमा मात्रै सीमित छैन । अदालत जाने र आफू अनुकूलका आदेशहरु गराउने अभियानले यो विवादमा अदालतसमेत प्रवेश गरेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top