×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपालसहित १० देश कोरोनाको ‘उच्च जोखिम’ मा : कतार

२८ कार्तिक २०७८

२८ कार्तिक, दोहा ।

नेपाली कामदारको श्रम गन्तब्य रहेको कतारले नेपालसहित १० देशलाई कोरोना (कोभिड–१९ ) को उच्च जोखिम ‘रेड लिष्ट’ को सूचीमा राखेको छ ।

Advertisement
Advertisement

नोभेम्वर १५ तारिखदेखि लागू हुनेगरी नेपाल, बंगलादेश, ईजिप्ट, भारत, ईण्डोनेशिया, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, सुडान तथा दक्षिण सुडानलाई रेड लिष्टमा रहेको कतारको स्वास्थ्य मन्त्रालयलाई उद्रित गर्दै गल्फ टाइम्सले जनाएको छ । नयाँ सूचीअनुसार १ सय ८१ मुलुकहरु हरियो सूचीमा परेका छन् ।

यस्तै, कतारमा पछिल्लो २४ घण्टामा १३७ जनामा नयाँ संक्रमण भेटिएको छ । यो संगै कतारमा कोरोना सङ्क्रमितको संख्या २ लाख ४० हजार ९६५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस अवधिमा १ सय ४२ जना उपचारपछि निको भएर घर फर्किएसँगै संक्रमण मुक्त हुनेको सङ्ख्या २ लाख ३८ हजार ७१७ पुगेको छ । संक्रमणबाट अहिलेसम्म ६ सय ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म कतारमा १ हजार ६ सय ३७ वटा ‘एक्टिभ’ केस रहेका छन् भने ८४ जना यहाँको विभिन्न अस्पतालहरुमा उपचार गराइरहेका छन् । तीमध्ये ११ जनाको आईसीयूमा उपचार भइरहेको छ ।

Advertisement

अहिलेसम्म कोरोनाले कतारमा २४ नेपाली श्रमिकले ज्यान गुमाएको दोहास्थित नेपाली दूतावासले जनाएको छ । अहिलेसम्म कतारमा ४८ लाख ७६ हजार ७७८ डोज खोप वितरण गरिसकिएको मन्त्रालयले जनाएको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top