गाडीको नम्बरमा नयाँ शैली चलेन

२७ कात्तिक ७८, आइतबार

२८ कार्तिक, काठमाडौं ।

Advertisement

सवारीसाधनहरूको व्यवस्थापन गर्न सरकारले लागू गरेको डिजिटल प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेटप्रति सवारी धनीको आकर्षण न्यून देखिएको छ ।

२५ लाख सवारीसाधनमा जडान गर्ने मुख्य उद्देश्यका साथ शुरू भएको इम्बोस्ड नम्बर प्लेट चार वर्षको अवधिमा ८ हजारमात्र जडान भएको छ ।

Advertisement

हाल जडान गरिएको सामान्य प्लेटभन्दा धेरै महँगो भएका कारणले पनि नागरिकको चासो बढ्न नसकेको हो । यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडान गरेपछि गर्नुपर्ने आरएफआईडी (डिजिटल) गेट निर्माणको प्रक्रिया समेत अगाडि बढाएको छ ।

सरकारले सबै प्रकारका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न थाले पनि सवारीधनीहरू इम्बोस्ड नम्बर प्लेट जडानमा आकर्षित देखिएका छैनन् ।

Advertisement

यातायात व्यवस्था विभागले गत साउनदेखि साना तथा ठूला सबै प्रकारका सवारीसाधनको सामान्य नम्बर प्लेटलाई इम्बोस्ड नम्बर प्लेटमा रूपान्तरण गर्न थाले पनि सवारी धनी आकर्षित हुन नसकेका हुन् ।

यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले सर्वोच्च अदालतमा परेको मुद्दा र कोभिडको कारण अपेक्षाकृत रूपमा इम्बोस्ड नम्बर प्लेट लडानको काम अगाडि बढ्न नसकेको दाबी गरे ।

उनले नेपाल समाचारपत्रसँग भने– ‘हालसम्म ८ हजार नम्बर प्लेट जडान भएको छ, अबको साढे दुई वर्षभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने तयारीमा छौं ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top