होङ्शी सिमेन्टमा पुग्यो विद्युत्, ३० मेगावाट खपत हुने

२७ कात्तिक ७८, आइतबार

२८ कार्तिक, काठमाडौँ ।

Advertisement

चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमामा रहेको होङ्शी शिवम् सिमेन्टमा राष्ट्रिय प्रसारण (ग्रिड)को विद्युत् पुगेको छ ।

नेपाल विद्युत प्राधिकरणले बर्दघाटमा रहेको सबस्टेसनबाट बर्दघाट(सर्दी १३२ केभी प्रसारण लाइनमार्फत उद्योगलाई शनिबारबाट विद्युत आपूर्ति दिएको हो । होङ्शीले ३० मेगावाट विद्युत खपत गर्ने छ। उत्पादन क्षमता थप गर्न लागेको उद्योगलाई थप ५० मेगावाट विद्युत चाहिनेछ।

Advertisement

यसअघि होङ्शीले विद्युतको अभावमा १।४ मेगावाटका १४ वटा डिजेल जेनेरेटर सञ्चालनमा ल्याएको थियो । २२० केभी प्रसारण लाइनबाट आएको विद्युतलाई ट्यापिङ गरी बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनको दुम्कीबास–सर्दीखण्डमार्फत उद्योगमा विद्युत आपूर्ति दिइएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top