×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन भएपछि बार अध्यक्षले भने- बिचौलिया र मण्डलेहरू बाइक लिएर आए

२८ कार्तिक २०७८

२८ कार्तिक, काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै कानुन व्यवसायीहरू सर्वोच्च परिसरभित्र धर्ना दिइरहेका छन्।

Advertisement
Advertisement

कानुन व्यवसायीहरुले अदालती प्रक्रिया ठप्प पारेर धर्ना दिइरहँदा अदालतबाहिर भने न्यायालय बन्द गर्न पाइँदैन भन्दै नाराबाजी सुरु भएको छ।

मोटरसाइकलमा आएका केही युवाहरुको समूहले सर्वोच्चबाहिर अदालती कारबाही सुरु गर्नुपर्ने भन्दै नाराबाजी गरेका हुन्। पक्षविपक्षबीच दोहोरो झडप हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।

यसरी प्रधानन्यायाधीश राणाको पक्षमा प्रदर्शन भएपछि नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बिचौलिया र मण्डललेहरू बाइक लिएर आएको टिप्पणी गरेका छन्।

’हाम्रो एक मात्र माग भनेको प्रधानन्यायाधीश राणाको राजीनामा हो। न्याय किनबेच गर्ने प्रधानन्यायाधीश चाहिँदैन। आज उहाँको समर्थनमा बिचौलिया र मण्डलेहरू मोटरसाइकल लिएर आए’, श्रेष्ठले भने।

उनले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म बारको आन्दोलन जारी रहने बताए। आन्दोलन अझ सशक्त भएर अघि बढ्ने उनको चेतावनी छ।

Advertisement

’उहाँले तोकेको इजलासमा नपस्न न्यायाधीशलाई पनि हामीले भनेका छौं। बारको आन्दोलन जारी रहन्छ। रुप फेरिएला। अझ सशक्त भएर अघि बढ्छ। भोलि १० बजे न्याय किनेबेच गर्ने प्रधानन्यायाधीशलाई प्रवेश गर्न रोक लगाउने छौं’, उनले भने।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top