सिताके च्याउले पाएन् बजार, उपभोक्ताले किन्न मान्दैनन्

२७ कात्तिक ७८, आइतबार

२८ कार्तिक, तनहुँ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–२ तार्कुडाँडा भंगराका किसान सामूहिक रूपमा सिताके च्याउ उत्पादनमा होमिएका छन् ।

पहिलो चरणको कोरोनाको जोखिम बढेपछि भएको निषेधाज्ञाको बेला फुर्सदिला बनेका १६ जना किसान समूह बनाएर सिताके च्याउ खेतीमा समर्पित भएका हुन् ।

५०० कटुसको मुढामा च्याउ लगाइएको छ । पहिलो वर्ष अपेक्षित उत्पादन भएन । ४७ किलो मात्र उत्पादन भएको थियो । समूहमा आबद्ध किसानले उपभोग गरे । बाँकी रहेको बजारमा खोसाखोस भयो ।

यसपाली च्याउ रहर लाग्दो गरेर फल्न सुरु गरेको छ । मुढामा फलेका च्याउले हौसाएको छ किसानलाई । तर, बजार पाउन मुस्किल भएको छ ।

बजार नपाएपछि किसान आफैँले उपभोग गर्न बाध्य छन् । अन्य च्याउले जस्तो सहज बजार पाउन नसकेको तार्कुडाँडा भंगरा कृषक समूहका अध्यक्ष उदयराज खनाल बताउँछन् । उनी भन्छन्, ‘मेहनत गरेर च्याउ फलायौँ । एउटै मुढामा १०० को हाराहारीमा च्याउ फलेको छ । तर, बजार पाउन सकेका छैनौँ । उचित बजार खोजिरहेको छौँ ।’

यसको मूल्य अलि मंहगो पर्ने भएकाले बजार नपाएको उनले बताए । सुरूमा ७०० रुपैयाँ प्रतिकेजीमा बिक्री गरेको च्याउ उत्पादन बढ्न थालेपछि अहिले मूल्य घटाएर ६०० रुपैयाँमा बिक्री भइरहेको छ ।

बजार पाउन मुस्किल भएपछि अझै मूल्य घटाउने तयारी भएको खनालले जनाए । यस क्षेत्रका उपभोक्ताले सिताके प्रजातिको च्याउलाई चिन्न नसकेको कारण बजार नपाएको उनको बुझाइ छ ।

गत असोज यता यता २०० किलो बढी च्याउ उत्पादन भइसकेको छ । अझै चार महिना उत्पादन हुने भएकाले कसरी बेच्ने भन्ने चिन्ताले सताएको किसान बताउँछन् ।

अहिले उत्पादित च्याउ यहाँका कोत्रे, दुलेगौँडा, खैरेनीटार बजार क्षेत्रका घरघरै लगेर बिक्री गरिन्छ । सिताके शुक्लागण्डकीमा नयाँ प्रजाति भएकाले विषालु हुने आंशका गर्दै ग्राहकले खरिद गर्न नखोज्ने कृषक समूहका सचिव खेम गुरुङ बताउँछन् ।

‘पहिलो चरणमा त हामीले जनप्रतिनिधिलाई बेचेका छौँ । जनप्रतिनिधिले किनेपछि त अरूले पनि किन्लान् ठानेर’, उनले सुनाए । पार्टी प्यालेस, होटल, रेस्टुरेन्टमा पनि बिक्रीका लागि प्रयास भइरहेको उनले बताए ।

किसानले च्याउ खेतीमा हालसम्म करिब पाँच लाख रुपैयाँ लगानी गरेका छन् । शुक्लागण्डकी नगरपालिका–२ को कार्यालयले बिउ खरिदमा गत आर्थिक वर्षमा ५० हजार रुपैयाँ अनुदान दिएको थियो । समूहमा आवद्ध किसानले ४८ हजार रुपैयाँ नगद लगानी गरे । ‘धेरै त हामीले श्रमदान नै गरेका छौँ’, उपाध्यक्ष नेत्रबहादुर गुरुङले बताए ।

बाङ्गे रह थेप्चे र तारा सामुदायिक वनले च्याउ उत्पादन गर्न आवश्यक कटुसका मुढा निःशुल्क दिएको गुरुङले जानकारी दिए । तार्कुडाँडा भंगरा खानेपानी उपभोक्ता समितिले निःशुल्क आवश्यक पानी उपलब्ध गराएको छ ।

कटुसको स्याउलाले छाएर स्थानीय स्रोतसाधन प्रयोग गरी च्याउ लगाउने टनेल बनाइएको छ । छानोमा स्याउलाको सट्टा जुट राख्न उपयुक्त भए पनि उत्पादित च्याउले बजार नपाएपछि रकम अभावमा राख्न नसकेको गुरुङले बताए । ‘स्थानीय सरकार र कृषि ज्ञान केन्द्रसँग अनुदानभन्दा च्याउ खेतीमा आवश्यक औजारको अपेक्षा छ’, उनले भने ।

किसानका अनुसार सिताके च्याउले असोजको अन्तिमदेखि फागुन दोस्रो सातासम्म उत्पादन दिन्छ । एक पटक मुढामा बिउ रोपेपछि पाँच वर्षसम्म अर्थात् मुढा नकुहिएसम्म उत्पादन दिने बताइन्छ ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top