झापामा अर्थोडक्स चियाको उत्पादन सुरू

२७ कात्तिक ७८, आइतबार

२८ कार्तिक, झापा ।

चिया उत्पादनका लागि प्रदेश–१ उर्भर भूमि हो । नेपालमा प्रदेश–१, बाग्मती र गण्डकीमा चिया उत्पादन हुन्छ । देशभर उत्पादनमा हुने चियाको ९५ प्रतिशतभन्दा धेरै चिया उत्पादन प्रदेश–१ मा हुन्छ ।

उत्पादनका हिसाबले प्रदेश–१ को सबैभन्दा धेरै चिया उत्पादन झापामा र त्यसपछि इलाममा उत्पादन हुँदै आएको छ । विगतमा पहाडी जिल्लामा मात्र अर्थोडक्स चियाको उत्पादन हुँदै आएको थियो । झापाका सबै बगानले सीटीसी चिया उत्पादन गर्दै आएका थिए ।

तर, पछिल्लो समय झापामा पनि अर्थोडक्स चिया उत्पादन सुरू भएको छ । अर्थोडक्स चिया उत्पादनका लागि बगानै फरक चाहिने भने हैन । उत्पादन प्रविधि फरक मात्र हो ।

सीटीसी चिया उत्पादन विधिलाई कट, टियर, क्रल विधि भनिन्छ । सीटीसी चियामा हरियो पत्तीको स्वरूप परिवर्तन गरेर तयारी चिया तयार गरिने राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, प्रदेश–१ कार्यालय बिर्तामोडका निमित्त क्षेत्रीय निर्देशक गौरव लुइँटेलले जानकारी दिए ।

अर्थोडक्स चिया हरियो पत्तिको गुण नबिग्रने गरी परम्परागत तरिकाले सुकाउने, रोलिङ गर्ने विधिबाट तयार पारिने उनले बताए । अर्थोडक्समा चिया धुलो नबनाई पत्तीकै स्वरूपमा राख्नुपर्ने उनी बताउँछन् ।

‘अर्थोडक्स र सीटीसी चियाको प्रशोधन विधि मात्र फरक हो । बगान र उत्पादन एउटै हो,’ उनले भने, ‘सीटीसी मेसिनमा हाल्दा सीटीसी र अर्थोडक्समा हाले अर्थोडक्स बन्छ । विगतमा झापामा उद्योगहरूसँग सीटीसीको मेसिन थिए । अहिले चारवटा उद्योगले अर्थोडक्सका लागि पनि मेसिन ल्याएका छन् ।’

सीटीसी चियाले उचित बजार पाउन छाडेपछि चिया व्यवसायीहरू अर्थोडक्सको उत्पादनमा लागेका छन् । निमित्त निर्देशक लुइँटेलले बजारले अर्थोडक्स चिया खोज्न थालेको बताए । ‘अहिले बजारले अर्थोडक्स माग्न थालेको छ । सीटीसी चिया बजारमा बिग्दै नबिक्ने । बिके पनि कम मूल्यमा बिक्ने गर्छ,’ उनले भने, ‘सीटीसीको तुलनामा अर्थोडक्सले बजार र मूल्य पाएका छन् । झापामा अर्थोडक्स उत्पादन सुरु गरेका उद्योग पनि ट्रायल फेजमा छन् ।’

बंगलादेशमा भन्सार शुल्क चर्को हुँदा नेपाली चियाको मुख्य बजार भारत नै हो । भारतमा सीटीसी चियाको मूल्य निकै कम रहेको निमित्त क्षेत्रीय निर्देशक लुइँटेल बताउँछन् ।

उनका अनुसार हाल सीटीसी चियाको होलसेल मूल्य केजीको २००सम्म छ । तर, अर्थोडक्स चिया प्रति केजी होलसेलमा ६०० सम्म बिक्री भइरहेको उनले बताए ।

किसानले पनि सीटीसीका लागि बिक्री गर्ने मूल्य भन्दा अर्थोडक्सका लागि बिक्री गर्दा दोब्बर मूल्य पाएको उनी बताउँछन् । ‘किसानले पनि अर्थोडक्सका लागि हरियोपत्ति दिँदा राम्रो मूल्य पाएका छन् । सीटीसीका लागि हरियोपत्ति दिँदा केजीको २० रुपैयाँ पाउने किसानले अर्थोडक्सका लागि दिँदा प्रति केजी ४० रुपैयाँसम्म पाएका छन्,’ लुइँटेलले भने, ‘झापामा अर्थोडक्स चिया उत्पादनका लागि मेसिन भित्रनु राम्रो हो ।’

चियाले राम्रो बजार नपाउँदा कतिपय चिया उत्पादनक किसानहरू समस्यामा छन् । कतिपय साना किसानले चियाको बगान फाँडेर अन्य खेती गर्दै आएका छन् ।

सीटीसी चियाको अधिकांश बजार भारत हो । तर, भारतमै ठूलो क्षेत्रमा चिया उत्पादन हुने भएकाले नेपाली चियाको बजारमा धेरैजसो समस्या आउने गर्छ । जसका कारण विश्व बजारलाई लक्षित गरी अर्थोडक्स विधिबाट ग्रीन र ब्ल्याक टी उत्पादन गर्न थालेको नेपाल बहुउद्देश्य सहकारी संस्था एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेतीले बताए ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको पछिल्लो तथ्यांकअनुसार झापामा ४४ वटा चिया उद्योग छन् । तीमध्ये चारवटा बगानले अर्थोडक्स चिया उत्पादन गर्दै आएका छन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार झापामा शमशेर एण्ड सन बिर्तामोड, एनएमी मेचीनगर, नेपाल टी इन्ड्रस्टिज बाहुनडाँगी र नेचर हिमालय टी प्रालिले अर्थोडक्स चिया उत्पादन सुरु गरेका छन् ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top