संविधान संशोधनको विकल्प छैनः उपप्रम यादव

२१ साउन ७५, मंगलबार

भक्तपुर,साउन २२
उपप्रधानमन्त्री उपेन्द्र यादवले संघीयता र गणतन्त्रलाई बलियो बनाउन संविधान संशोधनको विकल्प नभएको बताएका छन् ।संघीय समाजवादी फोरम नेपालको भक्तपुर नगर भेलालाई सम्बोधन गर्दै फोरमका अध्यक्ष यादवले सबैको समान अधिकार पाउने अवस्था सिर्जना गर्न संविधान संशोधन अनिवार्य भएको बताउँदै भने, “संविधान संशोधन गर्ने, किनारा लाग्न बाँकी राष्ट्रिय मुद्दाको सम्बोधन गर्ने र विगतमा भएका विभिन्न आन्दोलनको उपलब्धिलाई संस्थागत गर्ने सहमति भएर हामी सरकारमा आएका हौँ, अहिले सहमतिलाई पूरा गर्ने अभियानमा हामी लागेका छौँ ।”

Advertisement

अहिलेकै संविधानका प्रावधानबाट पछाडि परेका वर्ग, जाति, भाषा, धर्म र भूगोलको समस्या एवं अधिकार सम्बोधन गर्न असम्भव छ भएको बताउँदै यादवले भने, “अहिलेम्म केही सीमित व्यक्तिको वरिपरि मात्रै सत्ता घुमेको छ, सत्ताको पहुँचसम्म नेवार, मधेशी, जनजाति, दलित र पहाडका खसको पहुँच पुगेको छैन, अब पहुँचको विस्तार गर्नुपर्छ ।”

स्वास्थ्यमन्त्री यादवले सबै नेपालीलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउन गाउँगाउँमा यस वर्ष एक हजार २०० वटा केन्द्र स्थापना गरिने बताउँदै स्वास्थ्य क्षेत्रमा महिलाको अधिकार स्थापित गर्न विधेयक ल्याइने जानकारी दिए । उनले मन्त्रालयले भक्तपुर अस्पतालका लागि एम्बुलेन्स ल्याइसकेको र अब केही दिनभित्रै हस्तान्तरण गरिने बताए ।

Advertisement

कार्यक्रममा उनले पार्टीको भक्तपुर नगर समितिमा चुनिएका पदाधिकारीलाई शपथ खुवाएका थिए । त्यस अवसरमा पार्टीका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ तथा केन्द्रीय सदस्य कृष्णबहादुर घजु, वीरेन्द्र प्रधान, आङडेण्डी शेर्पा र भक्तपुर जिल्ला अध्यक्ष दीना लामाले संविधानमार्फत सबैको अधिकार सुनिश्चित गर्नुपर्ने बताएका थिए ।

आजकै भेलाले फोरम भक्तपुर नगर समिति गठन गरेको छ । समितिका अध्यक्षमा श्याम शिलाकार, उपाध्यक्षमा रमेश बल्ल, सचिवमा सुरेन्द्र ध्वंजु, कोषाध्यक्षमा सचिन मुनकर्मीसहित सदस्य छन् ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top